२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीका लागि टोकन प्रणालीमा श्रम स्वीकृति दिइने

२०७८, १६ आश्विन शनिबार ०५:०३

असोज १६ , काठमाडौँ । बैदेशिक रोजगारीका लागि टोकन प्रणालीमा श्रम स्वीकृति दिइने भएको छ  ।  वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले जनशक्तिको समस्या रहेको भन्दै टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिने बताएको हो  । शुक्रबार एक सुचना जारी गर्दै उक्त कार्यालयले अनलाइन प्रणालीको शुक्रबार र भौतिक उपस्थितिका लागि बिहान नौ बजे र सवा दश बजे दुई पटक सीमित संख्यामा टोकन जारी गर्ने भन्दै चनाखो भएर कम्प्युटरमा अनलाइन प्रणालीका आधारमा टोकन लिन भनेको छ ।

टोकन सीमित हुनेभएकाले आफ्नोे सिट सुरक्षित गरी भौतिकरूपमा उपस्थित हुने सेवाग्राहीहरूले फारममा उल्लेख भएको मितिमा कार्यालयमा उपस्थित भई श्रम स्वीकृति नवीकरण गराउन सक्ने बताएको छ ।

अनलाइनबाट श्रम स्वीकृति लिन टोकन लिएको ४ दिनसम्म लाग्ने भन्दै धैर्य गरेर प्रतीक्षा गर्न पनि आग्रह गरेको छ । भौतिक उपस्थितिमा श्रम स्वीकृति नवीकरण गर्ने टोकनको सोही दिन र त्यसको भोलिपल्ट मात्र रही कम्प्युटर प्रणालीले रद्ध गर्ने भन्दै कार्यालयले काठमाडौंमा भौतिकरूपमा उपस्थित हुन नसक्नेले टोकन लिएर ठाउँ नओगट्न आग्रह गरेकोे छ ।

त्यसैगरी कार्यालयले श्रम गन्तव्यमा उड्नु भन्दा ९० दिन बढी समयको श्रम स्वीकृति हुनुपर्ने भएकोले श्रम स्वीकृतिको एकिन गरेर मात्र जहाजको टिकट लिनुपनि सुझाव दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै