२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारद्वारा नेपालसहित दक्षिण एसियाका कामदारले पालना गर्ने नियम परिमार्जन

२०७८, १९ आश्विन मंगलवार ०६:०४

असोज १९ , काठमाडौं। कतारले नेपालसहित दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेकोे छ ।  दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा थप परिमार्जन गरेकोे हो । दूतावासले  नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायतका देशबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको जनाएको छ ।

कतार  प्रवेशका लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने पुरानो नियम यथावत् राख्दै कतारले  नयाँ पनि तोकेको छ ।

नयाँ नियम अनुसार कतारमा पहिलोपटक प्रवेश गर्ने  विदेशी यात्रुले कतार सरकारले सञ्चालनमा ल्याएको वेबसाइटमा लगईन गरी पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य आवश्यक  कागजातहरु अपलोड गरि प्रि–रजिष्ट्रेशन गर्नुपर्ने दूतावासले जनाएको छ ।

मोबाइलमा इटेराज मोबाइल एप्लिकेशन अनिवार्य डाउनलोड गर्नु पर्ने भन्दै दूतावासले त्यसको लागि नेपालको सीमकार्डका पनि प्रयोग गर्न सकिने  दूतावासले जनाएको  छ ।

कतार सरकारले सिनोभ्याक,अस्ट्राजेनेका,फाइजर, , सिनोफर्म, मोडेर्ना,  स्पुत्निक भी र जोनसन एण्ड जोनसनलाई मान्यता दिएको छ । यसमध्ये जोनसन एण्ड जोनसन बाहेक अन्य खोपको मात्रा दुवै डोज लगाएको हुनुपर्ने बताएको  छ ।

खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेपछि मात्र यात्रा गर्न सकिने र सशर्त स्वीकृत गरिएका सिनोभ्याक, सिनोफर्म र स्पुत्निक भीको मात्रा पूरा गरेका यात्रुको सेरोलोजी एण्टिबडी रिजल्टको पोजेटिभ रिपोर्ट अनिवार्य चाहिने बताइएको छ ।

कतार सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा लगाएको भए पनि दुई दिन होटल क्वरेण्टिनमा बस्नुपर्ने बताएको छ । खोप नै नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएकाहरुलाई सात दिनसम्म अनिवार्य  होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम लगाईएको छ । नेपाली दूतावासले कतार सरकारले स्वीकृत गरेका खोप नलगाएका नयाँ यात्रुलाई भने कतार प्रवेश नदिइने प्रबन्ध गरिएको  बताईएको छ ।

त्यसैगरी कतार प्रवेश गर्नुअघि यात्रुहरुले कतारको जनस्वास्थ्य मन्त्रालयको वेबसाइट वा सम्बन्धित एअरलाइन्सको अनलाइन बुकिङ फारममा उपलब्ध हुने प्रतिबद्धता पत्रमा विवरण भरी हस्ताक्षर गरेर यात्रा अवधिभर  साथमा बोक्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै