६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा एक नेपालीले जिते लक्की ड्र मा करिब ४५ लाख

१९ आश्विन २०७८, मंगलवार ०६:२९

असोज १९ , काठमाडौँ। यूएईको मनी एक्सचेन्जबाट घरमा पैसा पठाउने एक नेपाली कामदारले एक किलो सुन, करीब ४५ लाख रूपैयाँ जितेका छन् । त्यहाँको अल अहलिया एक्सचेन्ज मार्फत नेपाल पैसा पठाउदै आएका इलाम  जमुनाका नरेन्द्र मगरले आइतवार भएको लक्की ड्र मा  एक किलो सुन जितेका हुन् । 

एक्सचेञ्जका अपरेसन प्रमुख कमल सुब्बाले विगत दुई वर्षदेखि यूएईको ट्रान्सगार्ड कम्पनीमा वेटरको पदमा काम गरिरहेका नरेन्द्रले उक्त सुन जितेको बताए ।नरेन्द्रले गत जुनमा बरदुबईमा रहेको एक्सचेन्जको शाखाबाट सात सय दिहराम  नेपाल पठाएका थिए । गत १६ मेदेखि १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफर अन्तरगत विदेश रकम पठाउनेमध्ये एक जनालाई मेघा ड्र मार्फत एक केजी सुन उपहारको व्यवस्था गरिएको थियो ।वैदेशिक रोजगारमा गएको कामदाले ५० ग्राम भन्दा धेरै सुन नेपाल ल्याउन नपाउने व्यवस्थाका कारण मगरलाई  एक्सचेन्जले सुनको सट्टा नगद दिने बताएको छ ।

लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नरेन्द्रले ४४ लाख ७८ हजार ९  सय ५२ रुपैयाँ पाउने भएका छन् । एक्सचेन्ज लक्की ड्र गर्दा नरेन्द्र भने काममा व्यस्त रहेको बताइएको छ ।  सन् २०१३ मा  नेपाली कामदार नेपाली रामबहादुर कटुवालले पनि एक लाख दिहराम जितेका  थिए भने फागुनमा स्याङ्जाका छविलाल दर्जीले ४० हजार दिहराम जितेका सेन्चुरी रेमिटका यूएई प्रमुख प्रकाश पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै