२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका गैरकानुनी कामदारलाई जरिवाना बिना नै आममाफी

२०७८, २२ आश्विन शुक्रबार ०७:२६

असोज २२ , काठमाडौँ | कतार सरकारले गैरकानूनी हैसियतमा रहेका नेपालीसहित अवैधानिक हैसियतमा रहेका विदेशी कामदारलाई  कैद र  जरिवाना नलिई आममाफी दिने भएको छ । कतारमा परिचयपत्र (आईडी) को म्याद सकिएका, वर्क परमिट बिना नै काम गरिरहेका र पारिवारिक भिसाको नियम पालना नगरेका कारणले गैरकानुनी हैसियतमा पुगेका कामदारलाई सरकारले कैद र  जरिवाना बिना नै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । 

कतारले २०१५ को कानून नं २१ को प्रावधान अनुसार आप्रवासीको निवास प्रवेश र गमनको नियम अन्तर्गत आममाफीको प्रक्रिया शुरु गरिएको बताएको छ । आममाफीका लागि सरकारले आगामी अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको छ ।

आममाफीका लागि अवैधानिक हैसियतमा रहेका विदेशी कामदारले कतार सर्च एण्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, अल बक्रा र अल रयान सर्भिस सेन्टरमा र उम सुनैम, मेसाइमिरमा नाम दर्ता गराउनु पर्ने बताएको छ ।

कतारले आप्रवासी कामदारको अधिकार संरक्षणका लागि श्रम कानूनमा व्यापक रूपमा सुधार गरिरहेको बताउँदै आएको छ । तर कतारमा कार्यरत नेपालीका संस्था तथा स्वयं कामदारहरूले कम्पनीले समयमा भिसा नवीकरण नगरिदिएको, तलब सुविधा नदिएको र कम्पनी बन्द भएका कारण बाध्यतावश कम्पनी छाड्दा गैरकानूनी हैसियतले बस्नुपरेको बताएका छन् । 

कतारमा वैधानिकरूपमा झण्डै तीन लाख नेपाली कतारमा कार्यरत रहेको भएपनि अवैधानिक हैसियतले बसेका नेपालीको संख्या एकिन हुन नसकेको कतारस्थित नेपाली दूतावासले बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै