२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट फर्केर छाला व्यवसाय

३० आश्विन २०७८, शनिबार १७:१३

सम्झना कार्की | असोज ३०, सिन्धुपाल्चोक | गाउँमै व्यवसाय गरेर पनि आर्थिक रुपमा सक्षम बन्न सकिन्छ भनेर उदाहरण दिएका छन् सिन्धुपाल्चोकका दीपक बोगटीले । सात वर्षअघि रोजगारीका लागि मलेसिया गएर फर्केका दीपकले अहिले गाउँकै दुई–तीन जनालाई रोजगारी समेत दिएका छन् । 

मेलम्ची नगरपालिका–५ सिन्धुकोटका बोगटीले छाला व्यवसाय सुरु गरेको एक वर्ष मात्रै भयो, तर व्यवसायबाट उनी सन्तुष्ट छन् । मलेसियमा सोचे जस्तो आम्दानी नभएपछि उनी नेपाल फर्किएका थिए । गाउँ फर्किएपछि के गर्ने भनेर केही वर्ष अल्मलिए । हुन त मलेसियामा कमाएको रकमले व्यवसाय गर्न पुग्दैन थियो । उनले केही रकम थपेर व्यवसाय गर्ने निर्णय भने गरिसकेका थिए । उनले भने, ‘अर्काको देशमा कति दुःख गरियो, कति संघर्ष गरियो, कति खटियो । जति गर्नु गरियो, अब आफ्नै देशमा केही गरिन्छ ।’

बाउबाजेले गाउँमै छाला उत्पादन गर्थे । उनीहरूले परम्परागत रुपमा गर्दै आएको पेशालाई व्यवसायका रुपमा चलाउने सोच बनाएको बोगटीको भनाइ छ । सोही कारण गाउँकै बालकुमार बस्याल भन्ने साथीसँग मिलेर व्यवसाय सुरु गरेको उनले बताए । व्यवसाययमा हालसम्म नौ लाख ५० हजार रुपैयाँ लगानी भएको उनले बताए । 

मासिक ५० हजारसम्म कमाइ

पहिला दर्ता नगरी घरैबाट काम गर्दा मासिक ५० हजार रुपैयाँसम्म कमाई हुने गरेको, तर महामारीले अहिले आम्दानी घटेको उनले बताए । ‘कोभिडले अब व्यवसाय बन्द नै हुन्छ होला जस्तो लागेको थियो, तर धेरै घाटा भएन,’ उनले भने, ‘सन्तुष्ट नै छौ ।’ 

पहिला छालाका सामान बेच्न विदेशीहरूकै आश गर्नु पथ्र्यो । सामानहरू काठमाडौंको ठमेल लानु पर्ने बाध्यता भएको उनले सुनाए । तर अहिले अहिले स्थानीय बजारमै सहजै बिक्री हुन थालेको छ । उनी मात्रै होइन सिन्धुकोटका अरु युवाहरू पनि छालाको व्यवसायमा आकर्षित भएका छन् । सिन्धुकोटमा ९० घरले अहिले यस्तै व्यवसाय सुरु गरेका छन् । ९० घरको उद्योग व्यवसायको अध्यक्ष बोगटी नै हुन् । 

परम्परागत रुपमा चल्दै आएको व्यवसाय अहिले आधुनिकिकरण गर्दै नयाँ मेसिनद्वारा सञ्चालन हँुदा झनै राम्रो उत्पादन हुने गरेको अर्का युवा व्यवसायी बालकुमार बस्यालले बताए । 

पहिला–पहिला बाजेहरूले हातले बनाउने गर्थे भने अहिले आधुनिक मेसिनद्धारा सामग्री उत्पादन गरिन्छ । सिन्धुकोट गाउँमा चारवटा उद्योग सन्चालनमा छन् । मेलम्ची छाला ब्याग उधोगमा छालाबाट बन्ने बिभिन्न सामग्री उत्पादन हुने गरेका छन् ।

परम्परागत तरिकाले छालाको सामान बनाउने पेशालाई आधुनिक मेसिनले विस्थापित गरेका छन् । मेसिनले बानाएका ब्याग, स्कुल ब्याग, ल्यापटप ब्याग, पर्स, बेल्ट लगायतका सामग्रीहरू घरैबाट बेचेर मेलम्ची नगरपालिका–५ का युवा राम्रो कमाइ गरिरहेका छन् । उनीहरूले नगरपालिका, स्थानीय सामाजिक संघसंस्था, वडा कार्यालयसँग समन्वय गरेर काम गरिरहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो