२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

४ कार्तिक २०७८, बिहीबार १५:०३

कार्तिक ४, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो । 

श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना तथा रोजगारीमा रहेकाको सामाजिक सुरक्षाका निम्ति काम गर्ने र त्यसमा कर्मचारीका तर्फबाट सहयोगको अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाइ थियो । 

कार्यक्रममा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले श्रममन्त्री श्रेष्ठलाई मन्त्रालयका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखको उपस्थिति थियो । 

यसैबीच श्रममन्त्री श्रेष्ठलाई तेक्वान्दो महासङ्घले आज सम्मान गरेको छ । महासङ्घका अध्यक्ष प्रकाश शम्शेर जङ्गबहादुर राणाले उहाँलाई सम्मान गर्नुभयो । यसैगरी आज नै वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष कमल तामाङलगायतले मन्त्रालयमा पुगेर श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो