२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन पत्रकार श्रम रोजगार पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित

२०७८, १० कार्तिक बुधबार १८:१६

कात्तिक ११, काठमाडौँ | श्रम रोजगार पत्रकार समूहले श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने उत्कृष्ट तीन पत्रकारलाई पुरस्कृत गरेको छ । समूहले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी पत्रकारत्रय अमृता अनमोल (कान्तिपुर), रमेश भारती (शिलापत्र) र अनिल अधिकारी (साझा सवाल) लाई पुरस्कृत गरेको हो । 


श्रम रोजगार पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित पत्रकार अनमोलले रु ३० हजार, भारतीले रु २० हजार र अधिकारीले रु १० हजार प्राप्त गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले पुरस्कार प्रदान गर्नुभयो । 

सो अवसरमा आयोगका अध्यक्ष मगरले सञ्चारकर्मी मानवअधिकार रक्षकसमेत भएको हुँदा मानवअधिकार हनन्का विषयमा सशक्त ढंगले कलम चलाउनुपर्ने बताउनुभयो । आप्रवासी कामदारको पक्षमा आयोगले विभिन्न क्रियाकलाप गर्दै आएको उल्लेख गर्दै उहाँले विदेशमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधान गर्न सबै पक्षको ध्यान जानुपर्ने बताउनुभयो । 


श्रम मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेले सरकार स्वदेशमै रोजगारी सिर्जनामा जुटेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले श्रम गन्तव्यको विविधीकरण गर्नुको विकल्प नरहेको भन्दै वैदेशिक रोजगारीमा गुणात्मक सुधारको खाँचो औँल्याउनुभयो । 

समूहका अध्यक्ष सुनिल न्यौपानेले पत्रकारको क्षमता अभिवृद्धिमा विभिन्न कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम