२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने मन्त्री श्रेष्ठको वचन

१३ कार्तिक २०७८, शनिबार ०१:४०

कात्तिक १३, तनहुँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ 'किसान' ले वैदेशिक रोजागरीको शिलशिलामा युएई पुगेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने बताएका छन् ।

छैटौं श्रममन्त्री स्तरीय अबुधाबी डायलगमा सहभागी हुन युएई पुगेका मन्त्री श्रेष्ठले तनहुँ सेवा समाज युएईले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘तपाईँहरु पाखुरामा बल भइञ्जेल विदेशमा काम गर्नुहुन्छ ।  बल सकिएपछि नेपाल फर्कदा केही पनि हुँदैन । नेपालमा अहिले सामाजिक सुरक्षा कोष लागू भएको छ । यहाँ जुन कम्पनीमा काम गर्नुहुन्छ त्यहीबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नेगरी अगाडी बढाउनेछु ।’ 

उनले युएईमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक लागु गरिदिन आग्रह गरेको बताए । विदेशमा सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना आफू प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले सुनाए ।


आफूले वैदेशिक रोजगारीमा रहेका नेपालीको गुनासोलाई तत्काल सुनवाइ गर्नेगरी काम गर्ने मन्त्री श्रेष्ठले बताए । ‘वैदेशिक रोजगार विभाग र बोर्डमा गुनासो सेन्टर रहेछ । अब म नेपाल फर्कने वित्तिकै मन्त्रालयमा २४ सैँ घण्टा गुनासो सुनेर भोलिपल्ट विहान १० बजे मेरो टेबलमा ल्याउनु भनेर निर्देशन दिएर काम गर्नेछु’, उनले आश्वस्त पारे । 

दुबईमा कन्सुलरको कार्यालय खोल्न पहल थाल्ने मन्त्री श्रेष्ठको भनाइ छ । गृहजिल्लाबाट रोजगारीको शिलशिलामा युएई पुगेकालाई उनले तनहुँको प्रतिष्ठा उचो पार्नेगरी काम गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो