२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पासपोर्ट बनाउन राति १ बजेदेखि लाइन, मंसिर १ देखि ई-पासपोर्ट !

२०७८, १४ कार्तिक आईतवार १७:५२

कात्तिक १४, काठमाडौँ | राहदानी विभागमा राहदानी बनाउनेहरूको भिड लागेको छ । बिभागमा भीड लागेपछि राहदानी बनाउनको लागि युवाहरु राति १ बजेदेखि नै लाइन लाग्न पुगेका छन् । 

राहदानी बिभागले इपासपोर्ट आउन लागेकोले अति महत्वपूर्ण नभई पासपोर्ट नबनाउन भनेको छ तर  पछिल्लो समय सेवाग्राहीहरुको रातिदेखिनै लाइन देखिन थालेको छ । बिभागका अनुसार अमेरिका जानको लागि इडिभी भर्नेहरूको कारण बिभागमा राहदानी बनाउनेहरुको भिड लागेको हो ।

नारायणहिटीस्थित विभागको कार्यालयमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिन सेवाग्राहीको भीड बढ्दै गर्दा विभाग त्रिपुरेश्वरस्थित नवनिर्मित भवनमा ई-पासपोर्ट छपाइको पूर्वतयारी भईरहेको छ । बिभागले मंसिर १ गतेदेखि आंशिक रुपमा ई-पासपोर्टको छपाइ सुरु गर्नेछ । 

बिभागले ई-पासपोर्ट केही समयभित्र जारी गरिने हुँदा अत्यावश्यक नहुँदा पासपोर्ट नबनाउन सेवाग्राहीहरुलाई आग्रह गर्दै आएको छ । बिभागले केहि समय कुरेमा अन्तर्राष्ट्रिय स्तरको ई-पासपोर्ट बनाउन सक्ने जनाएको छ । तर अमेरिकी डिभी चिट्ठाको लागि पासपोर्ट अनिवार्य भएको कारण पासपोर्ट बनाउनको लागि जानेहरुको भीड लाग्ने गरेको छ । डिभी भर्ने म्याद ९ दिन मात्र बाँकी छँदा त्यसको बीचमा तिहार समेत परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै