२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेनपावर संचालकलाई पटक-पटक धम्क्याउदै ९० लाख कमिसन अशुल्ने दुई जना पक्राउ

२०७८, २० मंसिर सोमबार १४:१९

मङ्सिर २०, काठमाडौँ । महानगरीय अपराध महाशाखाले गुण्डागर्दी गरि लाखौं रकम असुली गर्दै हिड्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति पच्चीस हजारका दरले कमिसन दिनुपर्छ भन्दै धम्क्याएर पटक-पटक पैसा लिएका थिए । 

पक्राउ पर्नेहरुमा काठमाडौँ सुकेधाराका ४० बर्षीय मिलन जोशी र दोलखा भिमेश्वर-५ घर भइ काठमाडौँ बालुवाटार बस्ने ३५ बर्षीय रबिन बस्नेत रहेका छन्। 

महाशाखाका अनुसार पक्राउ परेका जोशी र बस्नेतले काठमाडौँको पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई आफूहरु उक्त क्षेत्रको दादा भन्दै कमिसन नदिए मार्ने धम्कि दिदै ९० लाख २५ हजार कमिसशन लिएका थिए । उनिहरुले लकडाउनको कारण मेनपावर चल्न नसकेको अवस्थामा कमिसन तथा दशैं खर्च समेतको एकमुष्ट रकम सञ्चालकसँग लिएका थिए । 


पीडितका अनुसार उनीहरुले यही मङ्सिर १६ गते मेनपावर कम्पनिमै आई सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिएका थिए । उनिहरुले मागे अनुसारको पैसा नदिएको भन्दै पछिल्लो पटक म्यानपावर सञ्चालकलाई हातपात समेत गरेको उजुरी प्रहरीमा परेको थियो । सोहि उजुरीको आधारमा  महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनीहरुलाई चाहबिलस्थित मित्रपार्कबाट आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई 'आपराधिक लाभ लिएको कसुर (एक्सट्रोसन्) मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ।

अशुलीमा संलग्नहरुले अन्य मेनपावर व्यसायीहरुसँग समेत रकम असुल गरेको भन्ने सुचनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै