२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा हालसम्मकै उच्च कामदारको माग ! ठूलो संख्यामा लैजाने सरकारको निर्णय !

२०७८, २५ मंसिर शनिबार ०७:०३

मंसिर २५, काठमाडौं | मलेसियाले सबै क्षेत्रमा विदेश कामदार लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकोे बताइएको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि मलेसियाले सन् २०२० मार्च १८ देखि विदेशी कामदार भर्ना गर्न रोकेको थियो । मलेसियाले करिब दुई वर्षपछि विदेशी कामदारका लागि ढोका खोलेको हो ।

मलेसियाले यसअघि पहिलो चरणमा प्लान्टेशन भनिने रवर र पाम उद्योगमा मात्रै नयाँ विदेशी कामदार लैजान पाउने नीति लिएको थियो । शुक्रबार भएको नयाँ निर्णय अनुसार उत्पादन, सेवा क्षेत्र, कृषि, प्लान्टेशन र घरेलु कामदारको नयाँ भर्ना खुलाएको हो । 

मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको नेपाली दूतावासले नयाँ कामदार भर्ना खोल्ने मलेसियाको निर्णय यसअघि नेपालसँग भएको श्रम सम्झौता अनुसार मागपत्र प्रमाणीकरण गर्ने बताएको छ ।

नेपाली दूतावास मलिसियाका काउन्सिलर श्रम दिपक ढकालले नयाँ कामदारको एप्रुभल खुलेको विस्तृत जानकारी आउन नसकेको भन्दै मलेसियाको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खुला गर्ने निर्णय भएको विभिन्न स्रोतबाट जानकारी आएको बताए ।

मलेसियाले शुक्रबार बंगलादेशसँग प्लान्टेशनसहित सबै क्षेत्रमा कामदार लिने सम्झौता गरेको बताइएको छ ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा सम्झौता भएको थियो । नेपाल र मलेसियाबीच भएको श्रम समझदारी अनुसार नेपालबाट कामदार पठाउन लाग्ने सेवा शुल्क, दुईतर्फी  हवाई टिकट, भिसा तथा स्वास्थ्य परीक्षण शुल्क खर्च रोजगारदाताले व्यहोर्ने प्रावधान छ ।

सम्झौतामा कामदार पठाउने नेपाली म्यानपावर कम्पनीलाई मलेसियाका रोजगारदाताले सेवा शुल्क वापत कामदारले पाउने मासिक न्यूनतम तलबको ५० प्रतिशत रकम सेवा शुल्क दिनु पर्नेछ । यसका अतिरिक्त नेपालमा हुने स्वास्थ्य परीक्षण र सुरक्षा जाँचको खर्च रोजगारदाताले पहिलो महिनाको तलबमा फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने