२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा मजदुर सडकमा ! तलब र भत्ता वृद्धिको माग !

२०७८, २५ मंसिर शनिबार ०९:०४

मंसिर २५, काठमाडौं | मलेसियामा मजदुर सडकमा उत्रेका छन् ।  सन् २०२२ को शुरूदेखि नै मासिक तलब १५ सय रिंगेट र मासिक ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मलेसियामा मजदुर सडकमा उत्रिएका हुन् । तलब वृद्धिको माग गर्दै मलेसियन ट्रेड युनियन कांग्रेस नेतृत्वमा मजदुरहरू सडकमा आएका हुन् । हाल मलेसियामा स्वदेशी तथा विदेशी कामदारले न्यूनतम मासिक १२ रिंगेट पाइरहेका छन् ।

मलेसियन ट्रेड युनियन कांग्रेसका महासचिव कामारूल बहारिन मन्सुरले बढ्दो महंगीले मजदुरको जीवन सञ्चालनमा संकट उत्पन्न भएको भन्दै तलब तथा भत्ता बढ्नुपर्ने बताए । मलेसियामा सन् २०२० देखि नै मजदुर संगठनहरूले तलब वृद्धिको माग गर्दै आएका छन् । तर कोरोनाको कारणले तलब वृद्धिको विषय अगाडि आएको थिएन ।

मलेसियन ट्रेड युनियन कांग्रेसले राष्ट्रिय तलब परामर्श परिषद् मार्फत राष्ट्रिय श्रम सल्लाहकार परिषद्मा सरकार, रोजगारदाता र कर्मचारीबीच मजदुरको तलब सुविधा बढाउने विषयमा  त्रिपक्षीय छलफल हुनुपर्ने माग गरेको छ । मलेसियाका मजदुर संगठनहरूले प्रत्येक २ वर्षमा न्यूनतम पारिश्रमिकको पुनरावलोकन हुनुपर्ने माग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन