३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीमा कोरिया जान थप खर्च बढ्यो ! होटेल क्वारेनटिन किन महँगो ?

२५ मंसिर २०७८, शनिबार १२:३०

मंसिर २५,काठमाडौं | स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागू गर्न झन् कठिन हुन थालेको छ। जितुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटेल क्वारेनटिन खर्चसमेत बेहोर्नु पर्ने भएको छ।

रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटेल क्वारेनटिन खर्च बेहोर्नु पर्ने भएपछि बिहीबार नेपाल राष्ट्र बैङ्कले कोरिया जाने कामदारलाई एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा दिन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। जबकि अन्य गन्तव्य मुलुकमा जाने श्रमिकले प्रतिव्यक्ति दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा पाउँछन्।

कोभिड–१९ का कारण क्वारेनटिन खर्चबापत थप व्यवस्था गर्नुपर्ने ब्यहोरा खुलेको वैदेशिक रोजगार विभागको पत्रको आधार एक हजार पाँच सय अमेरिकी डलरसम्म विद्युतीय कार्डको माध्यमबाट सटही सुविधा उपलब्ध गराउन केन्द्रीय बैङ्कको निर्देशनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’