२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा लागू हुने नयाँ श्रम कानुनमा ओभर टाइम कसरी गणना गरिन्छ ?

२ पुष २०७८, शुक्रबार ०९:४८

एजेन्सी | दुबईमा काम गर्दैहुनुहुन्छ र ओभरटाइममा काम गर्न भनिएको छ भने अब नयाँ श्रम कानूनका आधारमा तपाईको ओभरटाइम यसरी गणना गरिनेछ । श्रम सम्बन्धको नियमनमा २०२१ को संघीय डिक्री–कानून नम्बर ३३ यहि फेब्रुअरी २ तारिकदेखि लागू हुनेछ  ।  

नयाँ श्रम कानुनको धारा १९ मा ओभरटाइममा तलब कसरी गणना गरिनेछ भन्ने बारे विस्तृत नियमन गरिएको छ । यद्यपि, यो पनि ध्यान दिनु आवश्यक छ निजी क्षेत्रका प्रत्येक कर्मचारीले ओभरटाइम तलब दाबी गर्न पाउदैनन ।  उदाहरणको लागी कानूनको धारा २० मा कामदारहरुको केहि छूट कोटाहरुको प्रावधान समावेश गरेको छ ।

 रोजगारदाताले कामदारलाई दिनको दुई घण्टाभन्दा बढी ओभार टाइममा काम लगाउन पाउने छैन । यस आदेशको कार्यकारी नियमावलीले तोकेको प्रक्रिया र सर्तहरू बमोजिम बाहेक कामदारले त्यस्तो घण्टाभन्दा बढी काम गर्न पाउने छैन । र यस्तो ओभर टाइम तीन हप्तामा १४४ घण्टाभन्दा बढी हुनु हुँदैन ।

 यदि कामको परिस्थितिले कामदारलाई सामान्य कामको घण्टा भन्दा बढी घण्टा काममा लगाउन आवश्यक छ भने, यस्तो विस्तारित समय ओभरटाइम मानिने छ । जसको लागि कामदारलाई उसको कामको सामान्य घण्टाको लागि आधारभूत ज्याला र कम्तिमा २५ प्रतिशतको पूरक भुक्तानी गरिनेछ । 

 कामको परिस्थितिले कामदारलाई राति १० बजेदेखि बिहान ४ बजेको बीचमा अतिरिक्त घण्टाको लागि काम गर्न आवश्यक भएमा कामदारलाई उसको कामको सामान्य घण्टाको लागि आधारभूत पारिश्रमिक र सो ज्यालाको कम्तिमा ५० प्रतिशतको थप तलब दिनु पर्ने छ । यो अनुच्छेद शिफ्टमा काम गर्ने  कामदारहरूमा लागू हुने छैन ।

यदि कामको परिस्थितिले कामदारलाई रोजगार सम्झौता वा आन्तरिक कार्य नियमहरूमा तोकिएको विदा दिनमा काममा लगाउन परेमा उसलाई वैकल्पिक विदा दिनको रूपमा क्षतिपूर्ति दिनु पर्ने छ । वा उसको कामको सामान्य घण्टाको आधारभूत ज्याला दिइनेछ । साथै त्यो ज्यालाको कम्तिमा ५० प्रतिशतको थप हुनपर्ने छ ।  दैनिक कामदार बाहेक कामदारलाई लगातार दुई दिनभन्दा बढी विदा  दिन पाइने छैन ।  यस डिक्री–कानूनको कार्यकारी नियमहरूले यहाँ उल्लेख गरिएको काम घण्टा सम्बन्धी प्रावधानहरूबाट छुट पाउन सकिने कामदारहरूको कोटा निर्धारण गर्ने व्यवस्था पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ