२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा रहेका नेपाली श्रमिकलाई वैदेशिक रोजगारमा जोडिने

२०७८, ३ पुष शनिबार ०५:१६

पुस ३, काठमाडौँ | भारतमा रहेका नेपाली श्रमिकलाई वैदेशिक रोजगारमा जोड्ने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले भारतमा रोजगारीमा रहेका नेपाली कामदारको समस्या सम्बोधन गर्न अलग्गै नीति आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) द्वारा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भारतमा लाखौंको संख्यामा रहेका नेपाली कामदार आप्रवासीको हैसियतले रहेको तर वैदेशिक रोजगार ऐनले त्यसलाई समेट्न नसकेको भन्दै नयाँ नीति आवश्यक देखिएको बताए ।

नेपाल सरकारले आप्रवासी कामदारहरुको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवला र विज्ञहरुबाट सुझाव संकलन भइरहेको बताए । श्रम शक्ति अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भन्दै मन्त्री श्रेष्ठले त्यसलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई  परिचालन गर्ने सरकारको नीति रहेको बताए । 

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरिरहेको भन्दै मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने बताए । 

व्यवस्थित आप्रवासनको माध्यमबाट मुलुकले विकास र समृद्धि हासिल गर्ने बताउँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले नेपालको अर्थतन्त्रलाई चलायमान बनाई गरिबी घटाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको जिकिर गरे । 

आर्थिक वर्ष २०५०/०५१ देखि २०७७/०७८ सम्म नेपालबाट ५६ लाख ६४ हजार श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । उनीहरूले पठाएको विप्रेषणले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गरेको छ । 

मन्त्री श्रेष्ठले आप्रवासी नेपाली कामदारसहित विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउने कामदारको संख्या पनि क्रमशः वृद्धि हुँदै गएकोले उनीहरुको हकहितको रक्षाका लागि समेत ध्यान दिनुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते