२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको अर्को एक ग्लोव्स कम्पनी कालो सूचिमा

२०७८, ७ पुष बुधबार १५:५१

पुस ७, काठमाडौँ | मलेसियाको अर्को एक ग्लोव्स कम्पनीलाई अमेरिकाले सामान आयातमा बन्देज लगाएको छ । मलेसियाको ब्राइट वे ग्रुपका सामान अमेरिकी बजारमा प्रवेशमा बन्देज लागेको हो । आप्रवासी श्रमिकमाथि शोषण गरेको आरोप लाग्दै आएको सो कम्पनीको सामान आयातमा अमेरिकी बन्देज लागेसँगै पछिल्लो १८ महिनामा अमेरिकाले सामान आयातमा बन्देज लगाएको सो छैठौं कम्पनी हुन पुगेको छ । त्यसमध्ये पाँचवटा ग्लोव्स कम्पनी छन् ।

सो कम्पनीले आप्रवासी श्रमिकलाई बाध्यकारी श्रममा फसाएको अभियोग लागेको छ । यसका बारेमा ब्राईट वे कम्पनीले भनें कुनै प्रतिकृया नजनाएको बेलायती सञ्चार संस्था रोटर्सले जनाएको छ । ब्राईट वे ग्रुपद्दारा सञ्चालित ब्राईट वे सँगै लागोभा र वियोप्रो नामका कम्पनीहरुबाट उत्पादित सामान पनि अमेरिकी बजारमा प्रवेश गर्न रोकिएका छन् । यस अगाडी टप ग्लोव्स, हार्टालेगा, डव्लुआरपी नामका कम्पनीहरुको उत्पादनले अमेरिकाले आफ्नो मुलुक प्रवेशमा रोकेपछि ति कम्पनीहरु आप्रवासी श्रमिकसँग उठाइएको भर्ना शुल्क फिर्ता गर्न बाध्य भएका थिए । यसैगरी श्रमिकहरुले पाउन बाँकी महिनौंको रकम पनि क्रमश: फिर्ता गर्न ति कम्पनीहरु बाध्य भएका छन् । कतिपय कम्पनीहरुले किस्तावन्दीमा रकम भुक्तानी गरिरहेका छन् ।

अमेरिकाले बाध्यकारी श्रम सम्वन्धि अन्तराष्ट्रिय श्रम संगठनका ११ मध्ये १० वटा सूचकाँकहरु ब्राइट वे ग्रुपमा देखिएको रोटर्सले जनाएको छ । गत बर्षको डिसेम्वरमा मलेसियाले सो कम्पनीमा अनुगमन गरेको थियो । सो क्रममा श्रमिकहरुलाई कन्टेनरहरुमा बस्न बाध्य पारिएको भन्दै यसलाई आधुनिक दासता भन्न सकिने अवस्था रहेको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएका थिए । – देशपरदेशबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै