२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको अर्को एक ग्लोव्स कम्पनी कालो सूचिमा

७ पुष २०७८, बुधबार १५:५१

पुस ७, काठमाडौँ | मलेसियाको अर्को एक ग्लोव्स कम्पनीलाई अमेरिकाले सामान आयातमा बन्देज लगाएको छ । मलेसियाको ब्राइट वे ग्रुपका सामान अमेरिकी बजारमा प्रवेशमा बन्देज लागेको हो । आप्रवासी श्रमिकमाथि शोषण गरेको आरोप लाग्दै आएको सो कम्पनीको सामान आयातमा अमेरिकी बन्देज लागेसँगै पछिल्लो १८ महिनामा अमेरिकाले सामान आयातमा बन्देज लगाएको सो छैठौं कम्पनी हुन पुगेको छ । त्यसमध्ये पाँचवटा ग्लोव्स कम्पनी छन् ।

सो कम्पनीले आप्रवासी श्रमिकलाई बाध्यकारी श्रममा फसाएको अभियोग लागेको छ । यसका बारेमा ब्राईट वे कम्पनीले भनें कुनै प्रतिकृया नजनाएको बेलायती सञ्चार संस्था रोटर्सले जनाएको छ । ब्राईट वे ग्रुपद्दारा सञ्चालित ब्राईट वे सँगै लागोभा र वियोप्रो नामका कम्पनीहरुबाट उत्पादित सामान पनि अमेरिकी बजारमा प्रवेश गर्न रोकिएका छन् । यस अगाडी टप ग्लोव्स, हार्टालेगा, डव्लुआरपी नामका कम्पनीहरुको उत्पादनले अमेरिकाले आफ्नो मुलुक प्रवेशमा रोकेपछि ति कम्पनीहरु आप्रवासी श्रमिकसँग उठाइएको भर्ना शुल्क फिर्ता गर्न बाध्य भएका थिए । यसैगरी श्रमिकहरुले पाउन बाँकी महिनौंको रकम पनि क्रमश: फिर्ता गर्न ति कम्पनीहरु बाध्य भएका छन् । कतिपय कम्पनीहरुले किस्तावन्दीमा रकम भुक्तानी गरिरहेका छन् ।

अमेरिकाले बाध्यकारी श्रम सम्वन्धि अन्तराष्ट्रिय श्रम संगठनका ११ मध्ये १० वटा सूचकाँकहरु ब्राइट वे ग्रुपमा देखिएको रोटर्सले जनाएको छ । गत बर्षको डिसेम्वरमा मलेसियाले सो कम्पनीमा अनुगमन गरेको थियो । सो क्रममा श्रमिकहरुलाई कन्टेनरहरुमा बस्न बाध्य पारिएको भन्दै यसलाई आधुनिक दासता भन्न सकिने अवस्था रहेको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएका थिए । – देशपरदेशबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य