पुस ८, काठमाडौँ | मलेसियामा बाढीको आपतकालीन अवस्थामा लुटपाटमा संलग्न भएको आरोपमा ९ नेपालीसहित ३१ विदेशी नागरिक पक्राउ परेका छन् । मलेसियामा यसै हप्ता आएको बाढीले त्यहाँको धेरै भाग डुवानमा परेको थियोे । त्यसै बेला स्थशाहआलमको तमनश्री मुडामा रहेको सुपरमार्केट तोडफोड भएको थियोे । त्यसमा संलग्न रहेको आशंकामा ९ नेपाली सहित ३१ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा १० जना इन्डोनेसियाली, ९ जना नेपाली, ७ जना बंगलादेशी र पाँच म्यानमारका नागरिक छन् । उनीहरूलाई मलेसियाको दण्डसंहिताको धारा ४५७ अन्तर्गत मुद्दा चलाउन अनुसन्धान भइरहेको बताइएको छ । आपतकालीन अवस्थामा चोरी तथा लुटपाटमा संलग्न हुनेलाई मलेसियामा कडा सजाय दिइने व्यवस्था रहेको बताइएको छ ।