२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीमा जाने कामदारको स्वास्थ्य बीमा प्रक्रियामा ढिलाइ

२०७८, १० पुष शनिबार ०६:१०

पुस १०, काठमाडौँ | रोजगारीमा जाने कामदारको स्वास्थ्य बीमा प्रक्रियामा ढिलाइ भएको छ । स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवालाई स्वास्थ्य बीमाको दायरामा ल्याउन दुई महिनाअघि तयारी गरेपनि त्यसको कार्यान्वयनमा समस्या देखिएको छ । बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउने कार्यविधि २०७८ लागू गर्दै त्यस्ता परिवारलाई गत मंसिर महिनाको शुरूवातदेखि नै स्वास्थ्य बीमाको दायरामा ल्याउने गृहकार्य गरिरहेको बताएको छ ।

हाल वैदेशिक रोगारीमा जाने कामदारहरूले उमेर अनुसार १८ देखि ६४ वर्षको म्यादी बीमा गराउँदै आएका छन् । स्वास्थ्य बीमा ऐन अनुसार नै बोर्डले कार्यविधि तयार पारेको हो । वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध हुन तीन हजार पाँच रूपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ ।

हाल काठमाडौं बाहेक मुलुकका सबै जिल्लामा परिवार स्वास्थ्य बीमा लागू भएको छ । काठमाडौं जिल्लामा पनि स्वास्थ्य बीमा शुरू गर्ने बोर्डले जनाएको छ । तर यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले तयारी पूरा नगरेका कारणले स्वास्थ्य बीमा लागू हुन नसकेको बोर्डका निर्देशक दामोदर बसौलाले बताए । विभाग श्रोतले नयाँ विषय भएकाले छलफल भइरहेको बतायो । 

म्यादी बीमा गरी वैदेशिक रोजगारमा गएका कामदारको बीमा अवधिभित्र बीमितको मृत्यु भएमा दश लाख, दुर्घटनाको कारणबाट पूर्ण वा स्थायी अगंभगं भएमा घटना भएको १८० दिनभित्र दुर्घटनाबाट लागेको चोटपटकको औषधोपचार खर्च बापत बीमाकंको १० प्रतिशत नबढ्ने गरी रकम, बीमितको मृत्यु विदेशमा भएको अवस्थामा स्वदेशमा शव परिवहन गरिँदा लागेको ढुवानी खर्च बढीमा एक लाख, किरिया खर्चलगायतका सुविधा वैदेशिक रोजगार बोर्डले दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै