२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली ध्वजाबाहक उडान नहुँदा इजरायलमा अझै ढिलाइ, १ हजार १ सय जना फेब्रुअरीमा उड्ने !

११ पुष २०७८, आईतवार ०५:१६

पुस ११, काठमाडौँ | इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने नेपाली कामदार उड्न अझै एक महिनाभन्दा बढी समय लाग्ने भएको छ । वैदेशिक रोजगार विभागले छनोट भएका व्यक्तिको स्वास्थ्य परीक्षण लगायतका काम सकेपनि उडानको मिति एकिन हुन सकेको छैन । 

विभागले गत साउन १२ गते सूचना प्रकाशित गरी विभागमार्फत भर्ना प्रक्रिया शुरू गरेकोे हो । छनोट भएका कामदार उडाउने फ्लाइट एकिन नहुँदा उडानको मिति एकिन हुन ढिलाइ भएको हो । विभागले आागामी पुस १५ गतेसम्मको समय दिएर हवाई सेवा प्रदायक संस्थाहरुलाई काठमाडौंबाट इजरायलसम्मको हवाई भाडा दर प्रस्ताव पेश गर्न भनेको छ ।  पुस १५ गतेसम्म परेका बोलपत्र पुस १६ गते खोलिने छ । त्यसपछि मात्र उडान एकिन हुने विभागका महानिर्देशक दीपक काफ्लेले बताए । 

नेपाल एयरलाइन्सले इजरायल उडान भर्ने गरेकोे छैन । नेपाली ध्वजाबाहक उडान नहुँदा  विभागलाई विदेशी एयरलाइन्सको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । विभागले इजरायलका लागि १ लाख ४० हजार भाडा लाग्ने बताएको छ । तर वैदेशिक रोजगारीमा जाने कामदारलाई छुटको घोषणा गरेकोे नेपाल एयरलाइन्सले उक्त भाडामा उडान भर्दा घाटा हुने भन्दै नेपाली कामदार इजरायल लैजान अनिच्छा देखाएको बताइएको छ । 

विभागले पहिलो चरणमा १ हजार १ सय ७५ जना छनोट भएकाहरूलाई आगामी फेब्रुअरी महिनाभित्र इजरायल लैजाने बताएको छ । छनोट भएका परिक्षार्थीले इजरायलमा ५ वर्ष काम गर्न पाउनेछन् । वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा कामदारको मासिक तलव १ लाख ९० हजारसम्म रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ