२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली ध्वजाबाहक उडान नहुँदा इजरायलमा अझै ढिलाइ, १ हजार १ सय जना फेब्रुअरीमा उड्ने !

२०७८, ११ पुष आईतवार ०५:१६

पुस ११, काठमाडौँ | इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने नेपाली कामदार उड्न अझै एक महिनाभन्दा बढी समय लाग्ने भएको छ । वैदेशिक रोजगार विभागले छनोट भएका व्यक्तिको स्वास्थ्य परीक्षण लगायतका काम सकेपनि उडानको मिति एकिन हुन सकेको छैन । 

विभागले गत साउन १२ गते सूचना प्रकाशित गरी विभागमार्फत भर्ना प्रक्रिया शुरू गरेकोे हो । छनोट भएका कामदार उडाउने फ्लाइट एकिन नहुँदा उडानको मिति एकिन हुन ढिलाइ भएको हो । विभागले आागामी पुस १५ गतेसम्मको समय दिएर हवाई सेवा प्रदायक संस्थाहरुलाई काठमाडौंबाट इजरायलसम्मको हवाई भाडा दर प्रस्ताव पेश गर्न भनेको छ ।  पुस १५ गतेसम्म परेका बोलपत्र पुस १६ गते खोलिने छ । त्यसपछि मात्र उडान एकिन हुने विभागका महानिर्देशक दीपक काफ्लेले बताए । 

नेपाल एयरलाइन्सले इजरायल उडान भर्ने गरेकोे छैन । नेपाली ध्वजाबाहक उडान नहुँदा  विभागलाई विदेशी एयरलाइन्सको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । विभागले इजरायलका लागि १ लाख ४० हजार भाडा लाग्ने बताएको छ । तर वैदेशिक रोजगारीमा जाने कामदारलाई छुटको घोषणा गरेकोे नेपाल एयरलाइन्सले उक्त भाडामा उडान भर्दा घाटा हुने भन्दै नेपाली कामदार इजरायल लैजान अनिच्छा देखाएको बताइएको छ । 

विभागले पहिलो चरणमा १ हजार १ सय ७५ जना छनोट भएकाहरूलाई आगामी फेब्रुअरी महिनाभित्र इजरायल लैजाने बताएको छ । छनोट भएका परिक्षार्थीले इजरायलमा ५ वर्ष काम गर्न पाउनेछन् । वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा कामदारको मासिक तलव १ लाख ९० हजारसम्म रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै