१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने देउवाको प्रतिवद्धता !

१४ पुष २०७८, बुधबार ०५:५२

पुस  १४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने प्रतिवद्धता  जनाएका छन् । देउवाले सरोकारवाला तीन मन्त्रीसँग छलफल गरेर वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने आश्वासन दिएका हुन्। नेपाल  लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आवद्ध व्यवसायीहरूले नेपाली कांग्रेसका नवनिर्वाचित  सभापति देउवालाई बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री देउवाले उक्त प्रतिवद्धता जनाएका हुन् । 

एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकाल र महाधिवेशन प्रतिनिधिहरुले वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि समाधान हुन नसकेका समस्याहरुको बारेमा प्रधानमन्त्री देउवालाई सविस्तारमा अवगत गराएका थिए । प्रधानमन्त्री देउवालाई उधृत गर्दै एसोसिएसन अध्यक्ष ढकालले व्यवसायीका समस्या सुनेपछि समस्याहरूका बारेमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र वैदेशिक रोजगारका अन्य सरोकारवाला पक्षसँग छलफल गरी सकेसम्म छिटो समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएको बताए ।

अध्यक्ष ढकालले एसोसिएसनका तर्फबाट आफुले नेपाली कांग्रेसकै सरकारको कार्यकालमा फ्रि भिसा फ्रि टिकट निर्णय गरिएको तर बिना गृहकार्य उक्त निर्णय आएका कारण सुन्दा लोकप्रिय र कर्णप्रिय लागेपनि कार्यान्वयमा लैजान नसकिएकोले समस्या भएको र तत्काल त्यसलाई परिमार्जन गरेर भारत, पाकिस्तान र श्रीलंकासहित दक्षिण एशियाली देशहरूको जस्तो प्रावधान लागू गरिनुपर्ने माग राखेको बताए । 

कामदार पठाए बापत लिने सेवा शुल्क अव्यवहारिक रहेको कारणले व्यवसायीले कर तिर्न समस्या रहेको र त्यसले राष्ट्रलाई नै समस्या पारेकाले कामदारको एक महिनाको तलब बराबरको रकम सेवा शुल्क लिने व्यवस्था गरेर सहजरूपमा कर तिर्ने वातावरण बनाइदिनु पर्ने र कोरोनाका कारणले व्यवसाय सञ्चालन हुन नसकेकोले व्यवसायीले राखेको धरौटीबाट कम्तीमा २५ लाख रूपैयाँ केही समयका लागि व्यवसायीलाई तत्काल दिने व्यवस्था गर्न माग गरिएको पनि अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का