२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चद्वारा उम्मेद्वार सार्वजनिक

१६ पुष २०७८, शुक्रबार ०८:३७

पुस १६, काठमाडौँ | प्रमुख  प्रतिपक्षी  नेकपा  एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनको लागि केही  प्रमुख  पदमा  उम्मेदवारको  टुंगो लगाएको छ ।

मञ्चले अध्यक्ष र  महासचिवसहित  केही  प्रमुख  पदमा उम्मेदवारको टुंगो लगाएको हो  । मञ्चका  महासचिव  डिक  बहादुर खत्री ‘कुमार’का अनुसार मञ्चका पूर्व अध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको  नेतृत्वमा  निर्वाचनमा  प्रतिश्पर्धा गर्ने निर्णय गरेको छ । महासचिव  खत्रीका  अनुसार  प्रथम  उपाध्यक्षमा  पूर्व द्वितीय  उपाध्यक्ष  मुक्तिनाथ  अधिकारी,  तृतीय  उपाध्यक्षमा  तेजुमाया  लिम्बू, महासचिवमा खत्री आफै र सदस्यहरूमा देव लिम्बू र  माधव भुर्तेल  उम्मेदवार  बन्ने  निर्णय  गरिएको छ ।

मञ्चले    सकेसम्म  सहमति  र  तालमेलको  नीतिलाई  पनि  उच्च  प्राथिमकतामा  राखेको  बताउँदै महासचिव खत्रीले त्यसका लागि  पूर्व  अध्यक्ष  तथा  संघका  पूर्व  महासचिव  नरेश  गेलालको  संयोजकत्वमा  विभिन्न  जातीय,  भेगीय  राजनीतिक  दल  निकटका  संघसंस्थासंग  वार्ता  गर्न  समिति  पनि बनाएको छ । 

महासचिव  खत्रीले  केही  पदमा  उम्मेदवारी  घोषणा  गरे  पनि  मञ्च  शक्ति  सन्तुलनको  आधारमा सहमतिले संघको नेतृत्व र कार्यसमिति चयन गर्नुपर्ने मान्यतामा रहेको बताए । सहमतिको  पहल  गर्ने  पक्षलाई  कमजोरीको  रूपमा  हेर्ने र बुझ्ने  गलत अभ्यास भएका  कारणले  सहमतिको  विषयलाई  नजरअन्दाज  गर्ने  गरेको भन्दै महासचिव खत्रीले २०६९÷०७० पछि वैदेशिक रोजगारमा  उत्पन्न    संकट  समाधान  गर्नुपर्ने  हालको  अवस्थामा सहमतिको नेतृत्व आम  व्यवसायीको  चाहना  रहेको बताए । 

मञ्चले बरिष्ठ उपाध्यक्ष गोविन्द  कटुवालको  संयोजकत्वमा  आर्थिक  समिति  गठन  गरेकोे  छ  भने  प्रचार  प्रसार  समितिको  नेतृत्व  महासचिव  खत्रीले  नै  गरिरहेका  छन्  ।  उनले  निर्वाचन  परिचालन  मुल  व्यवस्थापन  समिति  र  उमेदवार छनौट समिति केही दिनभित्रै  सार्वजनिक  गरिने  समेत जानकारी दिए । संघको साधारणसभा  पुस  ३०  गते  गर्ने  संघले  निर्णय  गरिसकेको  छ  । निर्वाचन  समितिले  पुस  १७  गते  मतदाता  नामावली  सार्वजनिक गर्ने कार्यतालिका बनाएको  छ  ।  

संघले  पुस  २०  भित्र  प्रतिनिधि  पठाउन  र  लेबी  बुझाउन  विभिन्न  संस्थाहरूले आग्रह गरिरहेका छन्  ।  निर्वाचन  समितिका  सदस्य सचिव संघका कानुनी सल्लाहकार  शंम्भु  निरौलाले  तोकिएको  मिति  भन्दा  पछि  आउने  प्रतिनिधिले  चुनावमा  मतदान गर्न नपाउने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य