२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल आउनेलाई नियम: यस्तो छ सरकारको निर्णय

१६ पुष २०७८, शुक्रबार १५:२९

पुस १६, काठमाडौँ | सरकारले पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नगेटिभ भएका कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी नेपाल भित्रने अनुमति दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले मन्त्रिपरिषद्को यही पुस ९ सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी आदेश संशोधनका सम्बन्धमा बैठकको निर्णय कार्यान्वयनका लागि मातहतका निकायलाई लेखेको पत्रमा सो कुरा उल्लेख छ । नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नगेटिभ भएकालाई उक्त अनुमति दिने निर्णय गरेको हो ।

खोपको मात्र पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने तथा परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशनमा पठाउन पनि पत्रमा भनिएको छ । सरकारले परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश दिन पनि मातहतका निकायलाई निर्देशन दिएको छ । 

खोपको मात्रा पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशीको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्न पनि पत्रमा भनिएको छ । 

पत्रमा परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउन भनिएको छ । सरकारले परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटल क्वारेन्टिन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिन निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य