२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जान एक महिनामै ७४ हजार बढीले लिए श्रम स्वीकृति

२०७८, १७ पुष शनिबार ०३:०६

पुस १७, काठमाडौँ | वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको गत मङ्सिर महिनाको रिपोर्ट अनुसार पछिल्लो समय वैदेशिक रोजगारमा जानेहरुको संख्या बढेको पाइएको छ । गत मङ्सिर महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ७४ हजार ३५४ जना रहेको छ । जसमध्य ३१ अजार ३१ जनाले म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् । 

गत असोज महिनामा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । तुलनात्मक रुपमा असोज भन्दा कात्तिकमा र कात्तिक भन्दा मङ्सिरमा वैदेशिक रोजगारको लागि म्यानपावरबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरुको संख्या बढेको छ । 

रिपोर्ट अनुसार मंसिर महिनामा विश्वका ९२ मुलुकमा नेपाली कामदार वैदेशिक रोजगारको लागि जान अन्तिम श्रम स्वीकृति लिएका छन् । जस मध्ये म्यानपावर कम्पनीबाट खाडी सहित बिभिन्न १२ देशमा वैदेशिक रोजगारको लागि अन्तिम स्वीकृति लिएका छन् । म्यानपावर कम्पनी मार्फत सबैभन्दा बढी साउदी अरबका लागि एकै महिनामा १६ हजार  २ सय ३८ जनाको श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारको लागि ६ हजार ६ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै युएई जानको लागि गत मङ्सिरमा मात्र ५ हजार  ५ सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता