पुस १७, काठमाडौँ | अक्सफोर्ड इण्टरनेशनल प्रा.लि म्यानपावर धेरै कामदार पठाउने कम्पनीको पहिलो सूचीमा परेको छ । मंसिर महिनामा अक्सफोर्ड इण्टरनेशनल प्रा.लि. ले ७ सय ११ कामदारको श्रम स्वीकृति निकाल्दै धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीमा पहिलो स्थानमा आएको हो ।
७ सय ९ जनाको श्रम स्वीकृति निकाल्दै एसओसएस सर्भिसेज प्रालि दोश्रो स्थानमा छ । कार्तिक महिनामा पनि सूचीको दोश्रो स्थानमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालिबाट ६ सय ८४ जनाले अन्तिम श्रम स्वीकृति प्राप्त गरेको थियो । ६ सय १२ कामदारको श्रम स्वीकृती निकालेको प्याराडाइज इन्टरनेशनल प्रालि मंसिरमा तेस्रो स्थानमा रहेको छ । कार्तिक महिनामा उक्त म्यानपावर ८ सय ४६ पुरूष र ८३ महिला गरि ९ सय २९ जनाको अन्तिम श्रम स्वीकृति निकालेर सूचीको पहिलो स्थानमा रहेको थियोे ।
मंसिरमा चौथो स्थानमा रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले ४ सय ५३ जना,पाँचौ स्थानमा रहेको अल जाफर इन्टरनेशनल प्रा.लि.ले ४ सय ३ जना, छैठौं स्थानमा रहेकोे ग्राण्ड शिखर ओभरसिज प्रालिले ३ सय ७७ जना, सातौ स्थानमा रहेको देवान कन्सल्ट्यान्ट प्रा.लि.ले ३ सय ७६, आठौं स्थानमा रहेको ट्यालेन्ट ओभर्सिस सर्भिसेस प्रालिले ३ सय १२जना, नवौ स्थानको ब्रिज स्काई इन्टरनेशनल प्रा.लि.ले २ सय ९१, दशौं स्थानमा रहेको लक्की एचआर सोलुसन प्रालिले २ सय ९०, एघारौं स्थानमा रहेको योङ ओभरसिज ले २सय ७७ जनाको श्रम स्वीकृति निकालेका छन् ।
सूचीको बाह्रौ स्थानमा रहेको ह्युमर ओभरसिज प्रा.लि.ले२ सय ६१, तेर्हाै स्थानको अल कौसर ह्युमन रिसोर्स प्रा.लि.ले २ सय ६०, चौधौं स्थानको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्स प्रा.लि.ले २ सय ५९, पन्ध्रौं स्थानमा रहेको अल साहिद ओभरसिज प्रा.लि.ले २ सय ४३ जना, सोह्रौ स्थानमा रहेको रिसेन्ट जब प्लेसमेन्ट प्रा.लि.ले २सय ३४ सत्रौ स्थानमा रहेको नौकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले २ सय २८ जना, अठारौं स्थानको मोभिरा रिक्रूटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रा.लि ले २ सय १६ जना, उन्नाइसौं स्थानमा रहेको अञ्जली ओभरसिज सर्भिसेज प्रा.लि.ले २ सय १५ र बिसौ स्थानमा रहेको स्काई स्टार रिक्रूटमेन्टप्रा.लि.ले २ सय१३ अन्तिम श्रम स्वीकृति लिएका छन् ।