१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवसायीबीच आपसी सहकार्य नै वैदेशिक रोजगारमा सहजताको बाटो

२२ पुष २०७८, बिहीबार ०५:२४

पुस २२, काठमाडौँ | व्यवसायीबीच आपसी सहकार्य नै वैदेशिक रोजगारमा सहजताको बाटो भएको व्यवसायीहरुले बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिमा आवद्ध व्यवसायीहरूले आपसी एकता र सहकार्यलाई बलियो बनाएर लैजाने प्रतिवद्धता जनाएका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा र निर्वाचनको पूर्वसन्ध्यामा समितिले बुधबार साँझ गरेको भेलामा सहभागीहरूले व्यवसायीहरू बीचका आपसी सम्बन्ध बलियो गराउनुपर्नेमा जोड दिँदै संघको आगामी निर्वाचनमा सहमति नभई चुनाव भएमा समाजमा आवद्ध व्यवसायीलाई सकेसम्म धेरै उम्मेदवार बनाउने तर एउटै पदमा प्रतिस्पर्धा नगरी जानुपर्ने सुझाव राखेका थिए ।

भेलालाई समिति अध्यक्ष हरि बहादुर पाण्डे क्षेत्री, महासचिव तारानाथ अर्याल, उपमहासचिव हरिश कुँवर, सल्लाहकार पदमराज पौड्याललगायतका व्यवसायीले सम्बोधन गरेका थिए । 

भेलाले साउदीस्थित दूतावासमा भिसा स्ट्याम्पिङमा व्यवसायीहरूलाई घामपानीमा खुला आकाश मुनि उभ्याइने गरेकोे भन्दै संघमार्फत नभए समितिकामार्फत समाधान खोज्नुपर्ने निष्कर्षसमेत निकालेको छ । 

विगतमा तिनजुरे पहिरो पीडित, महाभूकम्प पीडित र बाढी पहिरोबाट विस्थापितलाई सहयोग तथा पटकपटक रक्तदान कार्यक्रम गरेकोे स्मरण गर्दै समाजले संघको साधारणसभा पछि सामाजिक उत्तरदायित्वका कार्यक्रम अघि बढाउने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’