२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाले नेपालीलाई पनि कोरोना राहत बाँड्दै, राहतस्वरुप एक/एक लाख वन पाउने

२२ पुष २०७८, बिहीबार १५:११

पुस २२, सिउल | दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ । कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि कोरोना राहत रकम बाँडिरहेको हो ।

राहत रकमअन्तर्गत एक लाख कोरियाली वन (झण्डै रु १० हजार) प्रदान गरिने छ । यो राहत कोरियामा रही एच २, एफ ४, एफ ५ र एफ ६ भिसावाहक नेपालीसहित सबै विदेशीले पाउन सक्ने छन् । यसलाई प्राप्त गर्न उपमहानगर पालिका वा वडा कार्यालयबाट अनलाइन वा अफलाइन फर्म भरेपश्चात आफ्नो ठेगानामा एउटा ‘ईन्छन इयोङ कार्ड’ सपिङ कार्ड प्राप्त हुनेछ । जुन कार्डबाट नगद निकाल्न भने पाइने छैन । यसबाट ईन्छन उपहानगर पालिकाभित्र रहेका सपिङ मलहरूबाट एक लाख कोरियाली वन बराबरका सामान किनमेल गर्न सकिन्छ । 

गत डिसेम्बर दोस्रो हप्तादेखि सुरु भएको नाम दर्ता र कार्ड बाँड्ने प्रक्रिया जनवरी अन्तिमसम्म चल्नेछ । कार्डमा भएको रकम मार्चभित्र खर्च गरिसक्नु पर्नेछ । नेपालीलगायत विदेशीले पनि यो रकम पाउने भनिए पनि ई ९ प्रवेशाज्ञा बाहकलाई भने नदिइने भएको छ । अधिकांश प्रवासी श्रमिकको प्रवेशाज्ञा ई ९ भएका कारण यसबाट लाभान्वित हुने प्रवासीहरू कम हुनेछन् । यद्यपि उक्त कार्ड प्रयोग गर्न सबैले पाउने र कार्डमा आफैँले पैसा राखेर अन्य समयमा किनमेल गर्दा १० प्रतिशत छुट पाउन सकिने कुरा यहाँ लामो समयदेखि श्रम गरिरहेका नेपाली बीबी सिंहले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य