१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज पुनः कार्यदल बस्ने, नेतृत्वमा हैसियतअनुसार ३३ देखि ५ प्रतिशतको प्रस्ताव

२३ पुष २०७८, शुक्रबार ०६:४२

पुस २३,काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व सहमतिको आधारमा छनोटको वातावरण मिलाउन गठित कार्यदलले पद बाँडफाँडको मस्यौदा बनाएको छ । सहमतिमा नेतृत्व छनोट गर्ने विषयमा मोडालिटी तयगर्न संघका कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको थियोे । 

बिहीबार संघको कार्यालय बत्तीसपुतलीमा चार पूर्व अध्यक्ष तथा राजनीतिक दल निकट पाँच वटा संस्थाका प्रतिनिधिबीच ४ घण्टाभन्दा लामो समय नयाँ नेतृत्वमा संस्थागत प्रतिनिधित्व सन्तुलन सम्बन्धमा छलफल भएको थियोे । बैठकमा निर्वाचन र मनोनयनको प्रक्रियाबाट गठन हुने संघको २१ सदस्यीय कार्यसमितिमा शक्ति र सन्तुलनको आधारमा भन्दै पद बाँडफाँडको मस्यौदा पेश गरिएको थियो । 

कार्यदलका सदस्य सचिव मेघनाथ भुर्तेलका अनुसार पूर्व अध्यक्षहरूका तर्फबाट नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलाई २ पदाधिकारी र ५ सदस्य, एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाललाई २ पदाधिकारी र ३ सदस्य, नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चलाई १ पदाधिकारी र २ सदस्य, नेकपा एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनलाई २ पदाधिकारी र ३ सदस्य तथा समाजवादी वैदेशिक रोजगार व्यवसायी संघलाई एक सदस्य दिएर सर्वसम्मतिले नेतृत्व चयन गर्न सकिने प्रस्ताव पेश भएको छ ।

कार्यदलमा संघका कार्यवाहक अध्यक्ष कमल तामाङ नेतृत्वको संयोजकत्वमा संघका पूर्व अध्यक्ष तारा प्रसाद भट्टराई, दिल प्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, तिलकबहादुर रानाभाट, बल बहादुर तामाङ, बिमल ढकाल, निवर्तमान अध्यक्ष रोहन गुरूङ, वरिष्ठ व्यवसायी नवराज ढकाल र किसन प्रधान सदस्य रहेको भएपनि बिहीबारको बैठकमा पूर्व अध्यक्षहरू भट्टराई, रानाभाट र तामाङ उपस्थित रहेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव