२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना त्रासले खाडीका चार मुलुकमा कडाइ, कामदारलाई कहाँ कस्तो नियम ?

२३ पुष २०७८, शुक्रबार ०७:२१

पुस २३,काठमाडौँ, एजेन्सी | कोरोना र यसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितहरूको संख्या बढेपछि धेरै नेपालीहरूको गन्तव्य रहेको मध्यपूर्वका देशहरूमा पुनः कडाइ गरिएको छ । 

कुवेत

अक्टोबर अन्तिम साताबाट कोरोनाको डरबाट मुक्त हुन कुवेतले आफूलाइ ‘मास्क फ्रि’ घोषणा गरेको थियो । तर, सधैका लागि कदम कायम रहन सकेन । पुनः कोरोनाका संक्रमित बढन थालेपछि कुवेतले केही नयाँ नियम ल्याएको छ । 

कुवेत सरकारले जनवरी ९ गतेदेखि फेब्रुवरी २८ गतेसम्म सार्वजनिक स्थान, मल तथा होटेलभित्र हुने सबै प्रकारका भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

त्यसैगरी बुस्टर डोजका लागि ५० वर्ष माथिका नागरिक र आप्रवासीहरूका लागि सिधै खोप केन्द्रमा गएर खोप लगाउन पाउने तथा त्योभन्दा कम उमेर समूहकाले अनलाइनबाट स्विकृति लिनुपर्ने नियम ल्याएको छ । 

कुवेत भित्रिने हरेक यात्रुहरूले ७२ घण्टा अगाडि कोरोना परीक्षण गराउन अनिवार्य गरिएको छ । यद्यपी कुवेतले प्रतिदिन १० हजार यात्रुहरूलाई कोरोनाका मापडण्ड पालना गर्दै भित्र्याउने छ । 

कुवेत भित्रिने हरेक यात्रुहरूले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने छ । तथापी होम क्वारेन्टिन बसेको तीन दिनमा  कोरोना परीक्षण नकारात्मक आएकाले भने क्वारेन्टिन बस्नुपर्ने छैन ।   

साउदी अरब 

अक्टोबर १७ तारिखबाट साउदी अरबले आफूलाई ‘मास्क फ्रि’ घोषणा गरे पनि डिसेम्बर ३० तारिखबाट अनिवार्य रूपमा फेरि मास्क लगाउने नियम ल्याएको छ । त्यसैगरी एक व्यक्तिबाट अर्को व्यक्तिले कम्तिमा १.५ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ ।  

साउदी अरबले बुस्टर डोजका लागि सबै नागरिक र आप्रवासीहरूलाई अनुरोध गरेको छ । 

यूएई

यूनाइटेड अरब इमिरेट्स (यूएई)ले अबुधावी प्रवेश गर्नका लागि नयाँँ नियम ल्याएको छ । अब अबुधावी प्रवेशकर्ताको अल हुसेन मोबाइल एप्समा ग्रिन सिग्नल आउनुपर्ने छ । 

मास्क नलगाई बाहिर निस्कनेलाई तीन हजार दिराम (९० हजार नेरु) सम्म जरिवाना गरिने छ । त्यसैगरी यूएईका विद्यालयहरूले दुई हप्ताका लागि अनलाइन कक्षा सञ्चालन हुनेछन् । 

बुस्टर डोजका लागि सबै नागरिक र आप्रवासीहरूका लागी सिधै खोप केन्द्रमा जान यूएईले आह्वान गरेको छ । 

यूएईले जिम्बाबे, घाना, यूगान्डा, केन्या लगायत ८ वटा देशका यात्रुहरूलाई प्रवेश निषेध गरेको छ ।   

कतार 

कतारले कोरोना तथा ओमिक्रोनका संक्रमितहरूको संख्या बढ्न थालेपछि अनिवार्य रूपमा फेस मास्क लगाउनुपर्ने नियम ल्याएको छ । 

कोरोनाको खोप लगाएको ९ महिनापछि एह्तेराज एपमा हुने गोल्डेन बक्स हराएर जाने र बुस्टर डोजको खोप लगाएपछि पुनः गोल्डेन बक्स आउने बनाइएको छ । 

बुस्टर डोजका लागि सबै नागरिक र आप्रवासीहरूले पूर्व स्वीकृतिबिना सिधै खोप केन्द्रमा गएर खोप लगाउने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार