१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना त्रासले खाडीका चार मुलुकमा कडाइ, कामदारलाई कहाँ कस्तो नियम ?

२३ पुष २०७८, शुक्रबार ०७:२१

पुस २३,काठमाडौँ, एजेन्सी | कोरोना र यसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितहरूको संख्या बढेपछि धेरै नेपालीहरूको गन्तव्य रहेको मध्यपूर्वका देशहरूमा पुनः कडाइ गरिएको छ । 

कुवेत

अक्टोबर अन्तिम साताबाट कोरोनाको डरबाट मुक्त हुन कुवेतले आफूलाइ ‘मास्क फ्रि’ घोषणा गरेको थियो । तर, सधैका लागि कदम कायम रहन सकेन । पुनः कोरोनाका संक्रमित बढन थालेपछि कुवेतले केही नयाँ नियम ल्याएको छ । 

कुवेत सरकारले जनवरी ९ गतेदेखि फेब्रुवरी २८ गतेसम्म सार्वजनिक स्थान, मल तथा होटेलभित्र हुने सबै प्रकारका भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

त्यसैगरी बुस्टर डोजका लागि ५० वर्ष माथिका नागरिक र आप्रवासीहरूका लागि सिधै खोप केन्द्रमा गएर खोप लगाउन पाउने तथा त्योभन्दा कम उमेर समूहकाले अनलाइनबाट स्विकृति लिनुपर्ने नियम ल्याएको छ । 

कुवेत भित्रिने हरेक यात्रुहरूले ७२ घण्टा अगाडि कोरोना परीक्षण गराउन अनिवार्य गरिएको छ । यद्यपी कुवेतले प्रतिदिन १० हजार यात्रुहरूलाई कोरोनाका मापडण्ड पालना गर्दै भित्र्याउने छ । 

कुवेत भित्रिने हरेक यात्रुहरूले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने छ । तथापी होम क्वारेन्टिन बसेको तीन दिनमा  कोरोना परीक्षण नकारात्मक आएकाले भने क्वारेन्टिन बस्नुपर्ने छैन ।   

साउदी अरब 

अक्टोबर १७ तारिखबाट साउदी अरबले आफूलाई ‘मास्क फ्रि’ घोषणा गरे पनि डिसेम्बर ३० तारिखबाट अनिवार्य रूपमा फेरि मास्क लगाउने नियम ल्याएको छ । त्यसैगरी एक व्यक्तिबाट अर्को व्यक्तिले कम्तिमा १.५ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ ।  

साउदी अरबले बुस्टर डोजका लागि सबै नागरिक र आप्रवासीहरूलाई अनुरोध गरेको छ । 

यूएई

यूनाइटेड अरब इमिरेट्स (यूएई)ले अबुधावी प्रवेश गर्नका लागि नयाँँ नियम ल्याएको छ । अब अबुधावी प्रवेशकर्ताको अल हुसेन मोबाइल एप्समा ग्रिन सिग्नल आउनुपर्ने छ । 

मास्क नलगाई बाहिर निस्कनेलाई तीन हजार दिराम (९० हजार नेरु) सम्म जरिवाना गरिने छ । त्यसैगरी यूएईका विद्यालयहरूले दुई हप्ताका लागि अनलाइन कक्षा सञ्चालन हुनेछन् । 

बुस्टर डोजका लागि सबै नागरिक र आप्रवासीहरूका लागी सिधै खोप केन्द्रमा जान यूएईले आह्वान गरेको छ । 

यूएईले जिम्बाबे, घाना, यूगान्डा, केन्या लगायत ८ वटा देशका यात्रुहरूलाई प्रवेश निषेध गरेको छ ।   

कतार 

कतारले कोरोना तथा ओमिक्रोनका संक्रमितहरूको संख्या बढ्न थालेपछि अनिवार्य रूपमा फेस मास्क लगाउनुपर्ने नियम ल्याएको छ । 

कोरोनाको खोप लगाएको ९ महिनापछि एह्तेराज एपमा हुने गोल्डेन बक्स हराएर जाने र बुस्टर डोजको खोप लगाएपछि पुनः गोल्डेन बक्स आउने बनाइएको छ । 

बुस्टर डोजका लागि सबै नागरिक र आप्रवासीहरूले पूर्व स्वीकृतिबिना सिधै खोप केन्द्रमा गएर खोप लगाउने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव