२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जना विरुद्द कारबाही !

२५ पुष २०७८, आईतवार ०८:२८

पुस २५, काठमाडौँ | कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जना कारबाहीमा परेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ। स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८९८ जनालाई कारबाही गरिएको जनाएको छ।

जसअन्तर्गत मास्क नलगाएकोमा ५ सय ९५ जना, सुरक्षित शारीरिक दूरी कायम नगरेको २७० र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा ३३ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ। भाइरस संक्रमण बढेसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ। अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव