२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छनोट भएका उम्मेदवारमध्ये एक सय २५ जना कामदार इजरायल जाने तयारीमा

२८ पुष २०७८, बुधबार ०५:४५

पुस २८, काठमाडौँ | इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारमध्ये एक सय २५ जना इजरायलका लागि प्रस्थान गर्नेछन् । वैदेशिक रोजगार विभागले इजरायल जानका लागि छनोट भएका मध्ये एक सय ४३ जनाको इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा एक सय २५ जना पहिलो चरणमा इजरायल प्रस्थान गर्ने भएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार भिसा जारी भएकाहरू आउँदो माघ ५ गते इजरायल प्रस्थान गर्नुपर्ने भएकाले मङ्गलबार नै टिकट बुक गर्न आह्वान गरिएको छ । विभागका महानिर्देशक दीपक काफ्लेले इजरायलबाट रोजगार सम्झौता प्राप्त भएका उम्मेदवारको भिसा आउन सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले इजरायल जानका लागि छनोटमा परेका एक सय २५ जनालाई मङ्गलबार टिकट बुक गरेर अन्य प्रक्रिया सुरु गर्न आग्रह गर्नुभयो । ‘फस्ट कम फस्ट सर्भिस’ आधारमा टिकट बुक गर्न नसक्नेका हकमा क्रमशः अर्को तीन÷चार दिनपछि अर्को उडानमार्फत जान पाउने पनि उहाँले जानकारी दिनुभयो ।

विभागका अनुसार भिसा आएकाहरूले नक्सालस्थित नागपोखरीमा रहेको सिलिक्ज होलिडेज प्रालि नामक कम्पनीबाट टिकट बुक गर्नुपर्नेछ । टिकट बुक गर्नुपूर्व हात्तीसारस्थित सिद्धार्थ बैङ्कको शाखामा ५९ हजार ९९० रुपियाँ जम्मा गर्नुपर्ने विभागले जनाएको छ । ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा टिकट बुक गरेका १२५ जनाका लागि पुस २९ गते वा बिहीबार व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा बिहान १० बजेदेखि ४ बजेसम्म उपस्थिति भएर बायोमेट्रिक हाजिरी गर्नुपर्नेछ भने पुस ३० गते र माघ २ गते सोही प्रतिष्ठानमा अभिमुखीकरण तालिम लिनका लागि उपस्थिति हुनुपर्ने विगागले जनाएको छ ।

विभागले इजरायल जानका लागि करार सम्झौता भएका उम्मेदवारको भिसा प्रक्रियाका लागि नेपालस्थित इजरायली दूतावाससँग सहजीकरणका लागि अनुरोध गरिने जनाएको छ । उहाँहरूको भिसा आएपछि मात्रै अभिमुखीकरण तालिमको व्यवस्था गरिने विभागले जनाएको छ । महानिर्देशक काफ्लेले विभागले हाल कोभिड–१९ विरुद्धको खोप लगाएका तथा लगाउन बाँकी रहेका युवाको नामावली अध्यावधिक गर्ने काम गरिरहेको छ । विभागले कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । नामावली प्राप्त भएका युवाको हस्ताक्षर प्रयोजनका लागि श्रमिकलाई विभागमा उपस्थित गराउने तयारी गरेको विभागले जनाएको छ ।

इजरायलको पिवाले छनोट गरेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । यसरी प्रकाशित गरेका नाममध्ये पहिलो चरणमा क्रम सङ्ख्याका आधारमा तीन सय ५० महिला र एक सय ५० पुरुषको नामावली इजरायल पठाइएको थियो । बाँकी छ सय ७५ जनाको नामावली दोस्रो चरणमा पठाइएको थियो ।

विभागले इजरायल जाने नेपालीले मासिक एक हजार ६०० अमेरिकी डलर अर्थात् हालको विनिमय दरअनुसार एक लाख ९० हजार रुपियाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर पाँच वर्षसम्म बस्न पाइनेछ । गोरखापत्रबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव