२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघको साधारणसभा र निर्वाचन अनिश्चितकालका लागि स्थगित, सहमति भाँडेको आरोप !

२९ पुष २०७८, बिहीबार ०६:५७

पुस २९, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभा र कार्यसमिति निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । मुलुकभर कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपछि संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति लिई साधारणसभा र निर्वाचनको कार्यक्रम अनिश्चितकालीनरूपमा स्थगन गरेकोे बताएको छ । 

संघले नयाँ कार्यसमितिको निर्वाचनका लागि गठन गरेको निर्वाचन समिति पनि विघटन गरेको बताएको छ । निर्वाचन समिति विघटनसँगै कार्यसमिति निर्वाचनका लागि बुधबारसम्म भएका सबै प्रक्रिया शुन्य भएका छन् । 

संघको १७ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रगतिशील वैदेशिक रोजगार व्यवायी मञ्चद्वारा प्रस्तावित फ्युचर स्टार म्यानपावर प्रा.लि.का सञ्चालक हरि बहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चद्वारा प्रस्तावित हेराल्ड इन्टरनेशनल प्रा.लि.का सञ्चालक प्रमेश्वर अधिकारी र महासचिवमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव इम्प्लोइमेन्ट लिंक प्रा.लि.का सञ्चालक मधुकर रिजालको मात्र उम्मेद्वारी परेका कारणले उनीहरू निर्विरोध निर्वाचित हुने अवस्था थियोे ।

राजनीतिक दल निकट वैदेशिक रोजगार व्यवसायीका पाँच संस्थाबीच संघको आगामी निर्वाचन निर्विरोध नेतृत्व चयन गर्ने सहमति भएको थियोे । तर उम्मेद्वारी दर्ता गर्दा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेपाल गणतन्त्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी निकट व्यवसायीबाट सहमतिभन्दा फरक तरिकाले उम्मेद्वारी दर्ता हुँदा सहमतिको प्रयास जुटेको थिएन । 

अध्यक्ष पदमा गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रा.लि का सञ्चालक भुवन सिंह गुरुङ र मञ्चका पूर्व अध्यक्ष रोज ओभरसिज प्रा.लि.का सञ्चालक राम प्रसाद भान्तना, तृतीय उपाध्यक्षमा ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि.का सञ्चालक अख्तर हुसैन र संघका कार्यसमिति सदस्य डाइनामिक स्टाफिङ सोलुसनका सञ्चालक कर्ण राज कटुवाल, सचिवमा एसोसिएसनका पूर्व अध्यक्ष बाबा ह्युमनका सञ्चालक प्रज्ञान न्यौपाने र गुगल ओभरसिजका केशवराज न्यौपाने र कोषाध्यक्षमा नौकरी नेपालका सञ्चालक तथा एसोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकाल र संघकी वर्तमान कोषाध्यक्ष सि.एस.टी सिजन सर्भिसकी सञ्चालिका इन्दिरा गुरुङको उम्मेद्वारी दर्ता भएको थियो । तर अन्तिम अवस्थामा गुरूङले उम्मेद्वारी फिर्ता लिएकी थिइन् ।

कार्यसमिति सदस्यहरुमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनद्वारा प्रस्तावित कन्फिडेन्ट म्यानपावरका सञ्चालक अनिल बोगटी, सुर्खेत ओभरसिजका गणेश कुँवर र आयुष ओभसिजका कामेश्वर साह (राहुल), गणतान्त्रिक मञ्चद्वारा प्रस्तावित इम्प्लोइमेन्ट ह्युमन रिसोर्सका सञ्चालक केदारनाथ अधिकारी, उज्यालो ओभरसिजका चन्द्र बहादुर लिम्बु, प्रगतिशील मञ्चका तर्फबाट एसिया लिंक सर्भिसेजका मिलन कट्टेल, सल्मा एचआरका सोम बहादुर तामाङको उम्मेद्वारी दर्ता भएको थियो । 

एसोसिएसनका तर्फबाट मोहम्द जुनैद (खोजी रिक्रुटमेन्ट), जंग बहादुर इजम (एलन ओमर्सिज), राजेन्द्र अधिकारी (जेजे ह्युमन), हर्क बहादु लिम्बु (इसिएस इम्प्लोइमेन्ट), कैलाश पाठक (सिल्भर कर्नर), प्रेम राज लावती (एडभान्स रिक्रुटमेन्ट), प्रकाश बोहरा (मार्स म्यानपावर), नगेन्द्र प्रसाद पोखरेल (नबिन) (पुकार इन्टरनेसनल), बिक्रम श्रेष्ठ (शुभहारती म्यानपावर), लक्ष्मण पौडेल (त्रिवेणी ओभरसिज), बिजय कुमार कार्की (इम्पायर इन्टरनेसनल), ऋषिराम कडेल (आर बी ओभरसिज)को उम्मेद्वारी परेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै