पुस २९, काठमाडौँ | अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको रु ३४ लाख रकम डुबेको छ भने आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न ।

उक्त मानिस बेचबिखन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, काठमाडौँ | अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको रु ३४ लाख रकम डुबेको छ भने आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न ।

उक्त मानिस बेचबिखन गर"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका जाने लोभमा पर्दा…

२९ पुष २०७८, बिहीबार ०९:२८

पुस २९, काठमाडौँ | अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको रु ३४ लाख रकम डुबेको छ भने आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न ।

उक्त मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान् मुक्तिनारायण केसी अझै फरार छन् । अदालतको आदेशले देवकोटा भने पूर्वक्षका लागि जेल चलान भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरु विरुद्ध विभिन्न मितिमा दुई पीडित व्यक्तिको जाहेरी परेको थियो । उनीहरुले अमेरिकामा मासिक तीन लाख तलब हुने लोभ देखाएर रु २७ लाख मागेका थिए । एक पीडितबाट उनीहरुले पटकपटक गरी रु १९ लाख लिएकोसमेत खुल्न आएको छ । सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पु¥याइ बोलेभियाहुँदै अमेरिका जाने भनी लगेका थिए । तर विमानस्थलमा पु¥याउदा सेटिङ नमिलेको भनी फर्काए । उनीहरुले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जानी भनी इथियोपिया पु¥याई कोठामा साँढे तीन महिना बन्धक बनाएको खुल्न आएको छ ।

आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाइ फर्किएर विसं २०७६ कात्तिक २१ गते ब्यूरोमा जाहेरी दिएका थिए ।  यस्तै उनीहरुले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । उनीहरुले एक व्यक्तिलाई काठमाडौँको स्वयंम्भूबाट बसमार्फत भारतको नयाँ दिल्लीमा दुई महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इण्डोनेसिया पु¥याइएको  खुल्न आएको छ । 

अमेरिका लैजाने बहानामा त्यहाँ सात महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए । त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो । विसं २०७६ मङ्सिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए । उनीबाट ती दम्पतीले रु १५ लाख लिएकोसमेत खुल्नआएको छ ।  

सोही आधारमा खोजतलासका क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीबाट अघिल्लो महिनामा पक्राउ परेकी देवकोटालाई जिल्ला अदालत काठमाडौँको आदेशले पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ । केसीको भने खोजी जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य