२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरुलाई ठगहरुबाट बच्न दुतावासको यस्तो अनुरोध (सूचना सहित)

२०७८, २९ पुष बिहीबार १३:१७

पुस २९, काठमाडौँ । साउदीमा रहेका नेपालीहरुलाई ठगहरुबाट बच्न भन्दै दुतावासले सूचना जारी गरेको छ । जारी सूचना अनुसार दुतावासको सहयोग र समन्वयमा साउदी बहिर्गमन भिसा प्राप्त गरेका तथा विदामा स्वदेश जान लागेका नेपालीहरुलाई हवाईजहाज टिकट काट्ने एकादुई नेपाली एजेन्टहरुले ठगेका गुनाशो दुतावासलाई प्राप्त भएको छ । 

दुतावासले सूचनामा अभानेको छ 'बेखर्ची भएर दुतावासको सेल्टरमा बसेका, साथिभाईको सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका र ट्राभल डकुमेन्ट समेत जारी भई स्वदेश जाने टिकटको लागि ट्राभल एजेन्सीमा गएका कामदारहरुलाई बिभिन्न बहानामा ठग्ने गरेको पाइएको छ ।' ठगि गर्नेहरुले ट्राभल डकुमेन्ट खर्च, फोटोकपी खर्च, सिसिएमसीको फारम भरेको खर्च जस्ता बनावटी शिर्षकमा रकम लिने गरेको पाइएको दुतावासले जनाएको छ । दुतावासले नेपालीहरुलाई यस्ता क्रियाकलाप गर्नेहरुबाट जोगिन अनुरोध समेत गरेको छ । 

दुतावासले सूचनामा भनेको छ 'आफूलाई समाजसेवी भन्न रुचाउने र बिभिन्न संघसंस्थामा आवद्धहरुले नै यसखाले ठगि कार्य गरिरहेको दुतावासले जनाएको छ । दुतावासले यसै सन्दर्भमा थप उल्लेख गर्दै सूचनामा भनेको छ 'केहि तथाकथित समाजसेवीबाट यस्ता प्रकारका ठगिहरु भईदिंदा मन, बचन र कर्मले प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको सेवामा अहोरात्र खटिने अन्य वास्तविक समाजसेवीहरु प्रति ठूलो अन्याय हुन जाने र उहाँहरुले पुर्याउने योगदानको अवमूल्यन हुन जान्छ ।' दुतावासले यस किसिमको निन्दनीय कार्य नगर्न सचेत गराएको छ । 

दुतावासले कोहिकसैले आफू ठगिएको महसुस भएमा राजदुतावास वा नजिकैको प्रहरीमा उजुरी दिन समेत साउदीमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता