२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जाँदा खादा र माला, फर्किदा हत्कडी

३० पुष २०७८, शुक्रबार ०७:२६

पुस ३०,काठमाडौँ | इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार अभियुक्त उदयपुर बेलका नगरपालिका–६ का गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी नेपाल ल्याइएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगर साउदी अरेबियामा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो ।

अभियुक्त मगर २०६१ साल मंसिर १३ गते मानबहादुर तामाङलाई हत्या गरेपछि फरार रहेका थिए । उनी छद्म भेषमा साउदी पुगेको पत्ता लागेपछि इन्टरपोलको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार मगरलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा इन्टरपोल शाखामार्फत इन्टरपोल महासचिवालयले अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउका लागि २०७७ साल माघ २६ गते अभियुक्त मगरविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । उक्त घटनामा संलग्न रहेका अर्का जयवीर राई भने अझै फरार छन् । प्रहरीले उनको खोजीलाई तीव्र बनाएको दाबी गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…