२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल, १० हजार दिराम जरिवाना र देश निकाला !

२०७८, १ माघ शनिबार १५:२८

माघ १, काठमाडौँ | भिजिट भिसामा युएईमा पुगेर तपाई काम गर्न चाहनुहुन्छ भने बिना श्रमस्वीकृति युएईमा काम गर्नु अवैध हो । युएईमा श्रम स्वीकृति नभई काममा लाग्नु युएईको श्रम कानूनको गम्भीर उल्लङ्घन भएको Dubai Public Prosecution ले जनाएको छ ।

Dubai Public Prosecution ले ट्वीटर मार्फत गत १२ जनवरीमा यस सम्बन्धि यस सम्बन्धमा ध्यानाकर्षण समेत गराउदै यस्तो लेखेको छ (तश्विरमा)


चेतावनी अनुसार युएईमा आवश्यक वर्क परमिट नलिई काम गरे कडा कारबाही भोग्नुपर्नेछ, जसमा तीन महिनाको जेल र १० हजार दिह्रामसम्मको जरिवाना समावेश हुन सक्छ । जारी ध्यानाकर्षणमा उल्लेख छ 'भिजिट भिसा अन्तर्गत स्वदेश प्रवेश गर्ने र काम गर्न चाहने प्रत्येक विदेशीले सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनुपर्छ, अन्यथा तिनलाई तीन वर्षसम्म कैद सजाय वा दश हजार रुपैयाँभन्दा बढी जरिवाना वा यी दुईमध्ये कुनै एक जरिवाना हुनेछ । साथै अदालतले राज्यबाट निष्कासन गर्न आदेश दिनेछ ।'

युएई भिजिट भिसा नेपालीको लागि पनि टाउको दुखाई ! 


नेपालबाट विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले युएईमा भिजिट भिसामा पठाउने गरेका छन् । बिभिन्न प्रलोभनमा पारेर लैजाने तर त्यहाँ लगेपछि वेवास्ता गर्दा कयौं नेपालीहरु ओभरस्टे हुनुपर्ने तथा काम नपाएर स्वदेश फिर्ता हुनुपर्ने बाध्यता छ । भिजिट भिसामा जाने कयौं युवाहरुलाई चर्को अशुली गरेर लैजानेहरुको जालो काठमाडौँदेखि युएईसम्मनै फैलिएका छन् । केहि म्यानपावरले समेत भिजिट भिसाको धन्दा चलाउदै आएका छन् । वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो काम पाइने प्रलोभनमा पारी करोडौं रकम असुल गरिरहेका छन् । 

भिजिट भिसामा जाँदा विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई समेत धन्दावालाहरुले सेटिङमा राखेर काम गर्दै आएका छन् । भिजिटमा जानेहरुलाई त्यहाँका एजेन्टहरुले बिभिन्न धम्कि समेत दिएर काम नपाउदासम्म गुपचुप बस्न सल्लाह दिने गर्छन् । एजेन्टहरुले युएईमा एकै कोठामा दर्जनौं युवाहरुलाई राखेर काम खोज्ने गर्छन् । यस क्रममा कतिपयले काम समेत पाउदैनन्, पाएकाहरुले समेत प्रलोभन देखाए जति पाउदैनन् । भिजिटमा पुगेका कतिपय युवाहरुलाई एजेन्टहरुले उल्टै हप्की–दप्की र कुटपिट गर्ने गरेको समेत गुनाशो आउने गरेको छ । 


पीडितहरुको गुनाशो अनुसार भिजिटमा गएकाहरुको गुनाशोलाई युएईस्थित नेपाली दूतावासले समेत सुनेको नसुनेझैं गर्छ । कतिपय युवाहरु ओभरस्टे भई जरीवाना समेत तिर्न नसकी अर्को पटक युएई समेत आउन नपाउने गरि स्वदेश फर्किन बाध्य हुन्छन् । ठगिएर स्वदेश फर्किएकाहरुले नेपालमा न्याय पाउन पनि त्यति सहज छैन । ठगिएकाहरु मध्ये अधिकांसलाई दलालहरुले बिभिन्न बहानामा आफ्नो ट्रयापमा पार्ने गरेको कारण कागजी प्रमाण हुँदैन । प्रमाण भएकाहरुले समेत सजिलै न्याय पाउने अवस्था नरहेको पीडितहरुको गुनाशो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै