२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५९ लाख युवा वैदेशिक रोजगारमा उडे !

२ माघ २०७८, आईतवार ०६:४६

माघ २, काठमाडौँ | मंसिर महिनासम्ममा ५९ लाख युवा वैदेशिक रोजगारमा गएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले विराटनगरमा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।    

परियोजनाले देशभरमा ३९ जिल्लाका १५६ स्थानीय तहमा आयोजना गरिएको सर्वेक्षणमा उक्त अवस्था देखिएको हो । त्यसले देशमा युवा जनशक्तिको बढ्दो बेरोजगारी र गरिबी निवारणमा मद्दत पुगेको कार्यक्रममा जानकारी दिइएको छ । 

आन्तरिक रोजगारी न्यून, परम्परागत जीवनयापनमा कम रुचि, ऋणको भार बृद्धि, सामाजिक दबाब, घरेलु हिंसा एवं पारिवारिक बेमेल, देशको अस्थिरता, विदेशमा बढ्दो रोजगारीको अवसर तथा पारिश्रमिकमा अन्तर, अन्तर्राष्ट्रिय बजारमा नेपाली कामदारको माग र सूचना तथा जानकारीको सहजताले नेपाली युवा बर्सेनि विदेशिने गरेकोजस्ता विषयमा वक्ताहरूले उठाएका थिए  । 

प्रतिवर्ष चार लाख ५० हजारको संख्यामा नेपाली युवा विदेशिने गरेकोे पाइएको छ । वैदेशिक रोजगारीमा जाने युवा कुनै पनि कारणले ठगीमा परेको उजुरी परेमा पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्नका लागि प्रहरी अधिकृतलाई थप ज्ञान दिलाउनु र सजग गराउनु कार्यक्रमको उद्देश्य रहेको परियोजनाका जिल्ला संयोजक देवेन्द्र चौधरीले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ‘वैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीको भूमिका’ तथा प्रहरी उपरीक्षक जनार्दन जिसीले ‘वैदेशिक रोजगारीलाई शोषणरहित बनाउन नेपाल प्रहरीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

वैदेशिक रोजगारीकै लागि जिल्लामा चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार ८ सय ५ जनाले राहदानी बनाएकामा पुरुष तीन हजार २९०, महिला एक हजार ४४४ र नाबालक ७१ जना छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…