२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईबाट काठमाडौँ आएकै दिन अपहरण !

४ माघ २०७८, मंगलवार ०९:३४

माघ ४, काठमाडौँ | दुबईबाट आएका व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँले अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

काठमाडौँको तार्केश्वर नगरपालिका-८ जरङ्खु बस्ने ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-१६ बसन्तनगरमा होटल सञ्चालन गर्ने ३१ वर्षीय गोकुल घिमिरेलाई पक्राउ गरेको हो। 

राई र अर्याललाई प्रहरीले जरङ्खुबाट पुस ३० गते शुक्रबार र घिमिरेलाई पुस २ गते बसन्तनगरबाट पक्राउ गरेको परिसरले जनाएको छ। 

उनीहरूले सिरहा सखुवानाकारट्टी गाउँपालिका-५ बस्ने ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरेका थिए।

उनी गत असोज ८ गते बिहान दुबईबाट काठमाडौँ महानगरपालिका-९ स्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। उनी काठमाडौँ आएर बल्खुस्थित होटल कञ्चनजंगामा बस्न गएका थिए।

त्यहाँबाट रामेश्वरलाई अपरिचित व्यक्तिहरूले अपहरण गरी काठमाडौँ-२७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा लगेर बन्धक बनाएको प्रहरी उपरीक्षक मैनालीले बताए। त्यहाँ लगेर रामेश्वरमाथि कुटपिट गरी ज्यान मार्ने धम्की दिएको र  चुरोटको ठुटोले पोलेर यातना दिएको पक्राउ परेका व्यक्तिहरूमाथि आरोप छ। 

उनीहरूले मोबाइललगायतका सामानहरू समेत लिएको आरोप छ। 

त्यही दिन साँझ ६ बजे रामेश्वर होटलबाट भागेर प्रहरीलाई खबर गरेका थिए। पछि उनले उनीहरूविरूद्ध जाहेरी दिएपछि अनुसन्धान गरी तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य