२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यि हुन् भिजिट भिसाको धन्दा चलाई युवाहरुसँग अशुल्दै ठगि गर्ने एजेन्ट !

२०७८, ४ माघ मंगलवार १२:०४

माघ ४, काठमाडौँ । वैदेशिक रोजगारको नाममा गैरकानुनी मानिएको भिजिट भिसाको धन्दामा संलग्न एजेन्टले आफूलाई आकर्षक प्रलोभन देखाएर पैसा अशुली गरेको धनुषाका राजेश कुमार यादवले गुनाशो गरेका छन् । उनलाई ठगि गर्ने एजेन्ट पदमपोखरी ८, मकवानपुर स्थाई घर भएका अमरसिङ्ग थापा मगर रहेको यादवले बताएका छन् । 

पिडीत यादवका अनुसार एजेन्ट थापाले एक बर्ष अघिनै भिजिट भिसा मार्फत युएईमा पठाएर काम लगाइदिन्छु भनि एक लाख लिएर अहिले फोन सम्पर्क तथा सामाजिक संजालमा समेत जवाफ नदिई बसेको कारण आफू ठगिएको बताएका छन् । पिडितका अनुसार एजेन्ट थापाले युएईमै भिजिट भिसामा थापालाईनै चर्को अशुली तिराएर पठाएका अर्का साथी युएईमै अलपत्र परेको र भिजिट भिसामा रोजगारमा जानु वैधानिक नभएको थाहा पाएपछि आफू नजाने भनि पैसा फिर्ता मागेका थिए । तर उनले एक बर्ष बितिसक्दा पनि पैसा फिर्ता गरेनन् । पीडितसँग एजेन्टलाई पैसा हालिदिएको रसिद समेत छ । 

थापाले युएईमा मासिक २५०० दिरामको रोजगारीमा लगाइदिने ग्यारेन्टी गरेको पीडित यादवको गुनाशो छ तर उनि मार्फतनै युएई भिजिटमा गएकाहरु समस्यामा परेको देखेपछि आफू नगएको यादवले बताए । यादवले भने 'हामीलाई भिजिट भिसा गैरकानुनी हो भन्ने थाहा थिएन, आकर्षक कमाई हुन्छ भनेको भएर उसलाई विस्वास गरेको हो । पछि नजाने भनेपछि एजेन्ट थापाले पैसा फिर्ता दिन्छु भनेपनि लामो समय बितिसक्दा पनि फिर्ता दिएनन्, बरु सम्पर्कमै बस्न चाहेनन् । 


पिडितले भने 'ठगीको उजुरी लिएर अपराध महाशाखा पनि गएँ, उजुरी पनि दिएको छु तर सानो रकमको ठगि भनेर खासै चासो भएन । बिभागले रकम पठाएको भौचरमा वैदेशिक रोजगार लेखेको अवस्थामा मात्र उजुरी लिन्छ । ठगिएपछि उजुरी दिन समस्या छ ।' उनले सम्बन्धित निकायले सानो रकम ठगिएको भनेर खासै चासो नदेखाए पनि रोजगारीको लागि वैदेशिक रोजगारमा जान खोज्ने आफूजस्तो गरिवहरुको लागि उक्त रकम निकै ठूलो भएको गुनाशो गरेका छन् । 

पीडितले आफू ठगिएको विषयमा आफूसँग भएको प्रमाणहरु सहित आफूलाई भिजिट भिसामा रोजगारको प्रलोभन देखाएर ठग्ने एजेन्टको तश्वीर समेत पठाएका छन् । उनले भिजिट भिसामा युएइ गएर राम्रो रोजगारी पाइन्छ भन्ने आशामा पर्दा आफू ठगिएको बन्दै अरु युवाहरुलाई यस्तो भिसामा वैदेशिक रोजगारमा नजान सुझाव दिएका छन् साथै आफूलाई अवैध धन्दा चलाएर ठगि गर्ने अमरसिङ्ग थापा मगरलाई कारवाही गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै