२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यि हुन् भिजिट भिसाको धन्दा चलाई युवाहरुसँग अशुल्दै ठगि गर्ने एजेन्ट !

४ माघ २०७८, मंगलवार १२:०४

माघ ४, काठमाडौँ । वैदेशिक रोजगारको नाममा गैरकानुनी मानिएको भिजिट भिसाको धन्दामा संलग्न एजेन्टले आफूलाई आकर्षक प्रलोभन देखाएर पैसा अशुली गरेको धनुषाका राजेश कुमार यादवले गुनाशो गरेका छन् । उनलाई ठगि गर्ने एजेन्ट पदमपोखरी ८, मकवानपुर स्थाई घर भएका अमरसिङ्ग थापा मगर रहेको यादवले बताएका छन् । 

पिडीत यादवका अनुसार एजेन्ट थापाले एक बर्ष अघिनै भिजिट भिसा मार्फत युएईमा पठाएर काम लगाइदिन्छु भनि एक लाख लिएर अहिले फोन सम्पर्क तथा सामाजिक संजालमा समेत जवाफ नदिई बसेको कारण आफू ठगिएको बताएका छन् । पिडितका अनुसार एजेन्ट थापाले युएईमै भिजिट भिसामा थापालाईनै चर्को अशुली तिराएर पठाएका अर्का साथी युएईमै अलपत्र परेको र भिजिट भिसामा रोजगारमा जानु वैधानिक नभएको थाहा पाएपछि आफू नजाने भनि पैसा फिर्ता मागेका थिए । तर उनले एक बर्ष बितिसक्दा पनि पैसा फिर्ता गरेनन् । पीडितसँग एजेन्टलाई पैसा हालिदिएको रसिद समेत छ । 

थापाले युएईमा मासिक २५०० दिरामको रोजगारीमा लगाइदिने ग्यारेन्टी गरेको पीडित यादवको गुनाशो छ तर उनि मार्फतनै युएई भिजिटमा गएकाहरु समस्यामा परेको देखेपछि आफू नगएको यादवले बताए । यादवले भने 'हामीलाई भिजिट भिसा गैरकानुनी हो भन्ने थाहा थिएन, आकर्षक कमाई हुन्छ भनेको भएर उसलाई विस्वास गरेको हो । पछि नजाने भनेपछि एजेन्ट थापाले पैसा फिर्ता दिन्छु भनेपनि लामो समय बितिसक्दा पनि फिर्ता दिएनन्, बरु सम्पर्कमै बस्न चाहेनन् । 


पिडितले भने 'ठगीको उजुरी लिएर अपराध महाशाखा पनि गएँ, उजुरी पनि दिएको छु तर सानो रकमको ठगि भनेर खासै चासो भएन । बिभागले रकम पठाएको भौचरमा वैदेशिक रोजगार लेखेको अवस्थामा मात्र उजुरी लिन्छ । ठगिएपछि उजुरी दिन समस्या छ ।' उनले सम्बन्धित निकायले सानो रकम ठगिएको भनेर खासै चासो नदेखाए पनि रोजगारीको लागि वैदेशिक रोजगारमा जान खोज्ने आफूजस्तो गरिवहरुको लागि उक्त रकम निकै ठूलो भएको गुनाशो गरेका छन् । 

पीडितले आफू ठगिएको विषयमा आफूसँग भएको प्रमाणहरु सहित आफूलाई भिजिट भिसामा रोजगारको प्रलोभन देखाएर ठग्ने एजेन्टको तश्वीर समेत पठाएका छन् । उनले भिजिट भिसामा युएइ गएर राम्रो रोजगारी पाइन्छ भन्ने आशामा पर्दा आफू ठगिएको बन्दै अरु युवाहरुलाई यस्तो भिसामा वैदेशिक रोजगारमा नजान सुझाव दिएका छन् साथै आफूलाई अवैध धन्दा चलाएर ठगि गर्ने अमरसिङ्ग थापा मगरलाई कारवाही गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य