२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल आउँदा अब १० दिन होम क्वारेन्टिन बस्नुपर्ने, यस्तो छ नयाँ नियम

५ माघ २०७८, बुधबार ०५:४४

माघ ५, काठमाडौँ | कोरोना महामारीको बढ्दो प्रकोपकाबीच विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एडभाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट नेपाल आउँद दश दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्नेछ । 

पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली नागरिक, कूटनीति वा अफिसियल पासपोर्ट बाहक, आवासिय भिषा प्राप्त विदेशी नागरिकका हकमा १० दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम लागू भएको छ । 

पूर्ण खोप नलगाएका, लगाएकाहरुको पनि १४ दिन नपुगेकाहरुको हकमा नेपालको प्रवेश विन्दुमा अनिवार्य एन्टिजेन परिक्षण गरिनेछ ।

उनीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरि पठाइने जनाइएको छ । त्यस्तै, कोरोना रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेसनमा पठाउने गरी ट्राभल एड्भाइजरी जारी गरिएको छ ।

नेपाल आउँदा हवाई यात्रा गर्दा ७२ घण्टाभित्रको पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने, अनिवार्य रूपमा कोरोनाबाट बच्ने मापदण्ड पालना गर्नु पर्ने छ । 

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै परराष्ट्र मन्त्रालयले समेत विदेशबाट गरिने नेपाल यात्रामा केही कडाई गरिएपनि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू भैनसकेको जानकारी दिएका छन् । 

मन्त्रिपरिषद्को निर्णय अनुसार भन्दै केही समय अघि अध्यागमन विभागले ओमोक्रोनको भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउनेहरुलाई ७ दिन अनिवार्य होटल क्वारेन्टिनको सूचना जारी गरेर २४ घण्टा नपुग्दै फिर्ता लिएको थियो ।

अर्को सूचना जारी नहुँदासम्मका लागि अनिवार्य क्वारेन्टिनको नियम स्थगन भनिएकोमा त्यसपछि अहिलेसम्म कुनै सूचना प्रकाशित भएको छैन ।

हङकङ, दक्षिण अफ्रिका, नामिविया लगायतका ९ देशमाथीको यात्रा प्रतिबन्ध भने यथावत राखिएको छ ।

नेपालमा कोरोना महामारीले तिब्रता पाइरहेपनि अहिलेसम्म विदेशबाट आउने यात्रुहरूमाथी प्रतिबन्ध भने लगाइएको छैन । 

यस्तो छ पछिल्लो ट्राभल एड्भाइजरी :




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…