२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल आउँदा अब १० दिन होम क्वारेन्टिन बस्नुपर्ने, यस्तो छ नयाँ नियम

२०७८, ५ माघ बुधबार ०५:४४

माघ ५, काठमाडौँ | कोरोना महामारीको बढ्दो प्रकोपकाबीच विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एडभाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट नेपाल आउँद दश दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्नेछ । 

पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली नागरिक, कूटनीति वा अफिसियल पासपोर्ट बाहक, आवासिय भिषा प्राप्त विदेशी नागरिकका हकमा १० दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम लागू भएको छ । 

पूर्ण खोप नलगाएका, लगाएकाहरुको पनि १४ दिन नपुगेकाहरुको हकमा नेपालको प्रवेश विन्दुमा अनिवार्य एन्टिजेन परिक्षण गरिनेछ ।

उनीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरि पठाइने जनाइएको छ । त्यस्तै, कोरोना रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेसनमा पठाउने गरी ट्राभल एड्भाइजरी जारी गरिएको छ ।

नेपाल आउँदा हवाई यात्रा गर्दा ७२ घण्टाभित्रको पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने, अनिवार्य रूपमा कोरोनाबाट बच्ने मापदण्ड पालना गर्नु पर्ने छ । 

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै परराष्ट्र मन्त्रालयले समेत विदेशबाट गरिने नेपाल यात्रामा केही कडाई गरिएपनि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू भैनसकेको जानकारी दिएका छन् । 

मन्त्रिपरिषद्को निर्णय अनुसार भन्दै केही समय अघि अध्यागमन विभागले ओमोक्रोनको भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउनेहरुलाई ७ दिन अनिवार्य होटल क्वारेन्टिनको सूचना जारी गरेर २४ घण्टा नपुग्दै फिर्ता लिएको थियो ।

अर्को सूचना जारी नहुँदासम्मका लागि अनिवार्य क्वारेन्टिनको नियम स्थगन भनिएकोमा त्यसपछि अहिलेसम्म कुनै सूचना प्रकाशित भएको छैन ।

हङकङ, दक्षिण अफ्रिका, नामिविया लगायतका ९ देशमाथीको यात्रा प्रतिबन्ध भने यथावत राखिएको छ ।

नेपालमा कोरोना महामारीले तिब्रता पाइरहेपनि अहिलेसम्म विदेशबाट आउने यात्रुहरूमाथी प्रतिबन्ध भने लगाइएको छैन । 

यस्तो छ पछिल्लो ट्राभल एड्भाइजरी :




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै