२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा तेस्रो लहरको धक्का !

२०७८, ६ माघ बिहीबार ०२:०१

माघ ६, काठमाडौँ | पछिल्लो ५/६ महीनादेखि लगातार बढीरहेको वैदेशीक रोजगारीमा जाने नेपालीहरुको संख्या पुसमा भने साढे १० हजारले घटेको छ ।

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार पुसमा अन्तिम श्रम स्विकृती लिएर विदेश जानेको संख्या ६३ हजार हारहारी मात्रै छ । पछिल्लो छ महीनाको तथ्याकलाई हेर्दा करिव ३ लाख नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा २ लाख ९४ हजार २ सय ३६ जना नेपाली वैदेशिक रोजगारीको लागि गएको विभागको तथ्याङ्क छ ।

चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या साउनमा सबै भन्दा कम २५ हजार ४ सय रहेकोमा मंसिरमा सबैभन्दा धेरै ७४ हजार ३५४ रहेको थियो ।

तर मंसिरको तुलनामा पुसमा विदेश जानेको संख्या भने साढे १० हजारले घटेको छ । मंसिरमा ७४ हजार ३५४ जना नेपालीले अन्तिम श्रम स्विकृती लिएकोमा पुसमा भने ६३ हजार ८२५ जनाले मात्रै अन्तिम श्रम स्विकृती लिएको विभागको तथ्याङ्क छ ।

विभागको तथ्याङ्क अनुसार मंसिरमा ३९ हजार ८०० भन्दा धेरै नेपालीले व्यक्तिगत रुपमा पुनः श्रम स्विकृती लिएर विदेश गएका थिए । तर पुसमा भने यसरी पुनः व्यक्तिगत श्रम स्विकृती लिएर विदेश जानेको संख्या ३० हजार ६०० मात्रै रहेको छ ।आजको आर्थिक अभियान दैनिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै