२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा तेस्रो लहरको धक्का !

६ माघ २०७८, बिहीबार ०२:०१

माघ ६, काठमाडौँ | पछिल्लो ५/६ महीनादेखि लगातार बढीरहेको वैदेशीक रोजगारीमा जाने नेपालीहरुको संख्या पुसमा भने साढे १० हजारले घटेको छ ।

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार पुसमा अन्तिम श्रम स्विकृती लिएर विदेश जानेको संख्या ६३ हजार हारहारी मात्रै छ । पछिल्लो छ महीनाको तथ्याकलाई हेर्दा करिव ३ लाख नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा २ लाख ९४ हजार २ सय ३६ जना नेपाली वैदेशिक रोजगारीको लागि गएको विभागको तथ्याङ्क छ ।

चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या साउनमा सबै भन्दा कम २५ हजार ४ सय रहेकोमा मंसिरमा सबैभन्दा धेरै ७४ हजार ३५४ रहेको थियो ।

तर मंसिरको तुलनामा पुसमा विदेश जानेको संख्या भने साढे १० हजारले घटेको छ । मंसिरमा ७४ हजार ३५४ जना नेपालीले अन्तिम श्रम स्विकृती लिएकोमा पुसमा भने ६३ हजार ८२५ जनाले मात्रै अन्तिम श्रम स्विकृती लिएको विभागको तथ्याङ्क छ ।

विभागको तथ्याङ्क अनुसार मंसिरमा ३९ हजार ८०० भन्दा धेरै नेपालीले व्यक्तिगत रुपमा पुनः श्रम स्विकृती लिएर विदेश गएका थिए । तर पुसमा भने यसरी पुनः व्यक्तिगत श्रम स्विकृती लिएर विदेश जानेको संख्या ३० हजार ६०० मात्रै रहेको छ ।आजको आर्थिक अभियान दैनिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…