माघ ६, काठमाडौँ | जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा उक्त कक्ष सञ्चालनमा आएको हो ।
प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवतीलगायतलाई टेवा पुग्ने बताउनुभयो । सचेतना अभावमा विदेश जानेहरुले धेरै दुःख पाउनुपरेको छ । विदेश जानुपुर्ब केही जानकारी हासिल गरेर मात्र जानुपर्ने प्रजिअ देवकोटाले बताउनुभयो ।
वैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संथागत पहल, आवश्यक प्रमाण सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्वतयारीको अबलम्बन, क्षतिपूर्ति र विदेशमा सम्पर्क तथा समन्वयलगायत कुराको ज्ञान हासिल गरेर मात्र विदेश जानुपर्ने देवकोटको भनाइ छ । सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ ।
टेलिभिजनमार्फत वैदेशिक रोजगारीसम्बन्धी सचेतनामूलक भिडियो देखाइने छ भने बुकलेट पेपर अध्ययनका लागि राखिएको छ । वैदेशिक रोजगारी जानेले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने तथा बनाउने छन् ।