२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलले निर्माणका लागि मजदुर लिँदै, विदेशी कामदारको भिसा अवधि पाँच वर्षको हुने

२०७८, ७ माघ शुक्रबार १०:५२

माघ ७, काठमाडौँ | इजरायलले नेपालीलाई निर्माण क्षेत्रमा पनि रोजगारी दिने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरबीच बुधबार दिउँसो परराष्ट्र मन्त्रालयमा भएको वार्तापछि उक्त निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसैबीच, केयर गिभर रोजगारीका लागि छनोट भएका ९९ जना नेपाली कामदार बुधबार राती इजरायलतर्फ उड्ने तयारीमा छन् । वैदेशिक  १ सय २५ जनालाई उडाउने तयारी भएपनि २६ जनामा कोरोनाभाइरस संक्रमण भएपछि ९९ जना मात्र जाने टुंगो लागेको  विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए ।

उनीहरू इजरायल पुगे पछि १४ दिन क्वारेन्टिनमा बसेपछि काममा जान पाउने बताइएको छ । दोस्रो चरणमा माघ १५ र १८ गते १ सय ६२ जना इजरायल जाने तय भएको विभागले जनाएको छ ।  

इजरायलको केयर गिभरका लागि पहिलो चरणमा १ हजार १ सय ७५ जना छनौट गरिएकोमा हालसम्म ९ सय ९४ कामदारसँग सम्झौता भइसकेको समेत विभागले जनाएको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो । इजरायलमा विदेशी कामदारको भिसा अवधि पाँच वर्षको हुने भए पनि प्रत्येक वर्ष भिसा नवीकरण गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै