२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको डिमाण्ड प्रमाणित गर्न नेपाली दूतावासको तयारी

२०७८, ९ माघ आईतवार ०२:४६

माघ ९, काठमाडौँ | बिभिन्न कारण साढे तीन बर्षदेखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र प्रमाणीकरणको कार्य सूचारू गर्ने तयारी भईरहेको मलेसिया स्थित नेपाली दुतावासले जनाएको छ । मलेसियाले आगामी जनवरी २८ देखि विदेशी कामदार भर्ना प्रक्रिया शुरूवात गर्ने निर्णय गरिसकेको छ । 

मलेसियाले विदेशी कामदार लिने निर्णय गरे पनि कामदारले पाउने तलब भने पुरानै कायम हुने दुतावासले जनाएको छ । त्यहाँको सरकारले सन् २०२० को जनवरीदेखि स्थान अनुसार १ हजार २ सय र १ हजार १ सय रिङ्गेट न्युनतम तलब तोकेको छ । मलेसिया दुतावासले नेपालीहरुलाई सुचना दिने उदेश्यले नियमित फेसबुक पेजबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै कार्यक्रम मार्फत श्रम सहचारी प्रकाश पन्थीले तलब बढेकोबारे कुनै जानकारी नआएको बताएका छन् । 

पन्थीका अनुसार मलेसियाले तलब वृद्धिबारे केही जानकारी नआएको बताए । उनले दूतावास नयाँ कामदारको मागपत्र प्रमाणिकरण गर्ने तयारीमा रहेको समेत बताए । 

मलेसियाका कामदारको तलब बढ्नुपर्नेमा चौतर्फी आवाज उठेको छ । मलेसियाले कामदार आपूर्ति गर्ने देशहरुसँग गरेको द्विपक्षीय सम्झौता अनुसार आप्रवासी मजदूर र मलेसियाका कामदारहरु बीच न्यूनतम तलबमा भिन्नता नगर्ने सहमति गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता