१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया र खाडी देशहरुमा भिजिट भिसामा को को जान पाउँछन् ?

११ माघ २०७८, मंगलवार ०८:४४

माघ ११, काठमाडौँ | सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । कोभिड १९ ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु र मलेशियामा गई बिचल्लीमा पर्ने गरेका गुनासो, समाचार र सूचनाहरु प्राप्त भएकोले माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मको लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको सूचना जारी गरेको थियो ।

तर सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तराष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरु, नेपालमा सामान आयात(निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरु (आयात निर्यात सम्बन्धीकार्यका लागि मात्र) र व्यवसायिक कम्पनीरफर्मका सञ्चालक वा व्यवसायीहरुलाई भने अनुमति रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै खाडी राष्ट्रहरु बाहेक कम्तिमा २ वटा अन्य मुलूक पर्यटकको रुपमा भ्रमण गरिसकेका यात्रुहरु, वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य आय भै कम्तिमा सो को आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु, औद्योगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध विशिष्ट संस्थाको विशिष्ट कार्यका लागि जानुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु तथा वैदेशिक रोजगार व्यवसायको बजार प्रबर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरु र बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जाने (३ पुस्ता भित्रका) पारिवारिक सदस्यहरु भने जान पाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक