२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समग्रमा वैदेशिक रोजगारीमा जाने घटे साउदीमा १७ हजार ७ सय, अरु कुन देशमा कति ?

२०७८, १२ माघ बुधबार ०५:२८

माघ १२, काठमाडौँ | समग्रमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ ।  मंसिर महिनाको तुलनामा पुस महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको संख्या केही घटेको हो । संस्थागतरूपमा जाने नयाँ कामदारको श्रम स्वीकृति भने मंसिर महिनाको तुलनामा पुसमा केही बढेको छ । वैदेशिक रोजगार विभागले तयार पारेको मासिक  प्रतिवेदन अनुसार पुसमा ३३ हजार १ सय ९३ जनाको श्रम स्वीकृति भएको छ । 

मंसिरमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत ३१ हजार ३१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । कात्तिक महिनामा म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना कामदारले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए ।

पुसमा व्यक्तिगत प्रयासमा नयाँ १ हजार ७ सय २२ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैधानिक माध्यमबाट १ हजार ७८ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३० हजार ६ सय १२ जनाको श्रम स्वीकृति भएको छ । मंसिरमा पुनः श्रम स्वीकृतिको माध्यमबाट ३९ हजार ८ सय ७७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । 

समग्रमा पुस महिनामा ६६ हजार ६ सय २५ जनाको श्रम स्वीकृति भएको छ । मंसिरमा उक्त संख्या ६९ हजार ४ सय ४३ थियोे । विभागको प्रगति विवरण अनुसार पुस महिनामा ८ सय ५४ मध्ये ६ सय ५७ म्यानपावर कम्पनीले कामदार पठाउन श्रम स्वीकृति लिएका छन् । 

पुस महिनामा सबैभन्दा बढी साउदी अरबमा १७ हजार ७ सय ५ जनाको श्रम स्वीकृति भएको  छ । साउदी अरबपछि यूएई जानेको श्रम स्वीकृति भएको छ । यूएई जान ६ हजार ९१ जनाले श्रम स्वीकृति लिएका छन् । पुसमा कतार जान ५ हजार ७ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा संस्थागतरूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन । 

अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम पुसमा पनि देखिएको छ । रोमानियाका लागि २ सय १४ जनाको श्रम स्वीकृति भएको छ । ओमानका लागि ३ सय ६२ जना, कुवेतका लागि १ हजार ८ सय ३ जना, माल्दिभ्सका लागि १ सय ६२ जना, जोर्डनका लागि ४४ जना, साइप्रसका लागि २ सय ४७ जना, अष्ट्रियाका लागि ८ सय ३७ जना र रसियाका लागि ३० जना जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार