२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रोएसिया रोजगार: नेपाली युवाहरुको प्रमुख १० गन्तव्यमा !

१५ माघ २०७८, शनिबार १२:५३

अनिल अधिकारी | माघ १५, काठमाडौँ | पछिल्लो केहि समय यता क्रोएसिया नेपाली युवाहरुको श्रम गन्तव्य अन्तर्गत मुख्य देशकै सूचीमा अगाडी सर्दै आएको छ । गत साउनदेखि पुससम्म ६ महिनाको अवधिमा व्यक्तिगत श्रम स्वीकृतिकै आधारमा क्रोएसिया रोजगारीको लागि एक हजार ८०७ जनाले नयाँ श्रम-स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार बिभागले श्रम स्वीकृति दिएको आधारमा क्रोएसिया पछिल्लो पुष महिनाको रेकर्ड अनुसार ९ औं श्रम गन्तव्यको सूचीमा रहेको छ । साउनदेखि पुष मसान्तसम्म एक हजार ८०७ जनाले नयाँ श्रम-स्वीकृति पाउँदा क्रोएसिया रोजगारको लागि कुनै पनि म्यानपावर कम्पनीमा यो देशको एउटा पनि डिमाण्ड पूर्व-स्वीकृत छैनन् । सबैले व्यक्तिगत श्रम स्वीकृतिको आधारमा अन्तिम श्रम स्वीकृति पाएका हुन् । 


क्रोएसिया नेपालीको प्रमुख गन्तव्य देश बन्दै गएको तथ्यांकले देखाउँदै गर्दा सम्बन्धित निकायले भने यसको विषयमा चासो देखाएको छैन । व्यक्तिगत श्रमस्वीकृति सम्बन्धित देश जाने व्यक्ति आफैले रोजगारदाता छनौट गरि सबै प्रक्रिया पुरा गरि आफै श्रम-कार्यालय गई श्रम स्वीकृति लिएर वैदेशिक रोजगार जाने प्रक्रिया भएपनि युवाहरु अधिकांश एजेन्ट मार्फत यो देशको रोजगारमा जाने गरेका छन् । एजेन्टबाटै व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रिया हुँदै रोजगारमा पठाउने हुँदा वैदेशिक रोजगारको प्रलोभनमा क्रोएसिया रोजगारीको प्रक्रियाको क्रममा कयौं युवाहरु भीत्रभित्रै ठगीको सिकारमा रहेको समेत गुनाशोहरु प्राप्त भएको छ ।

क्रोएसिया पठाइदिने कार्यमा केहि म्यानपावरहरुको समेत प्रत्यक्ष संलग्नता छ । म्यानपावरले व्यक्तिगत श्रम स्वीकृतिमा युवाहरुलाई वैदेशिक रोजगारमा पठाउन नपाउने नीतिगत स्पष्ट व्यवस्था रहेको अवस्थामा बिना पुर्व स्वीकृति बिज्ञापन ल्याई काम हुने गरेको छ । यो प्रक्रियामा क्रोएसिया रोजगारमा जान चाहने युवाहरुले अग्रिम ५० हजारदेखि एक लाखसम्म पैसा अशुली समेत गर्ने गरेको पाइएको छ । यसरी अशुली भएको पैसाको कयौंले प्रमाण समेत नपाएको कारण पछि बिभिन्न बहानामा पैसा समेत फिर्ता गर्न आनाकानी हुने वा यसैलाई धन्दा बनाई सयौंलाई ठगि गरेर फरार भएको गुनाशो छन् । त्यसो त कसैले प्रक्रिया मिलाइदिएबापत क्रोएसिया रोजगारको लागि ७ देखि १० लाखसम्म अशुली हुने गरेको पाइएको छ ।

यस सम्बन्धमा क्रोएसिया रोजगारको काम गर्दै आएका केहि म्यानपावर व्यवसायीहरुले सरकारले संस्थागत रुपमा क्रोएसिया रोजगारको लागि सहज वातावरण नबनाइदिएको तथा क्रोएसिया स्थित नेपाली दुतावास समेत नभएको कारण मागपत्र प्रमाणीकरण गर्न नसक्दा बाध्य भएर व्यक्तिगत श्रम स्वीकृतिमै कामदार पठाएको बताउँछन् । व्यवसायीहरुले सरकारले व्यवस्थित नगर्दा क्रोएसिया रोजगारको नाममा युवाहरु ठगिन सक्ने अवस्था रहेको स्वीकारे । रोजगारको प्रक्रियामा रहेकाहरुले व्यक्तिलाई विश्वास गर्नुपर्ने भएकोले पछि समस्या आईहाले क्षतिपूर्ति पाउने ग्यारेन्टीकर्ता कोहि हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि आर्थी कारोबार गर्न बाध्यता छ । केहिले पैसा बुझाएको प्रमाण दिने गरेपनि कतिपयले प्रमाण दिन अस्विकार गर्ने गरेका छन् । म्यानपावर कम्पनीमै पुगेर रोजगार प्रक्रिया थाल्नेहरुले समेत पछि लेनदेनको प्रमाण नहुँदा समस्या हुने बताउँछन् ।

सरकारले संस्थागत रुपमा वैदेशिक रोजगारमा पठाउनेहरुको तीन पुस्ते विवरण सहित बिभिन्न नीति लगाएर कम्तिमा दुई करोडको धरौटी राखेर मात्र इजाजत दिएको अवस्थामा व्यक्तिगत श्रम स्वीकृतिको आधारमा म्यानपावरले भन्दा बढी कमाई व्यक्तिगत श्रम-स्वीकृतिमा पठाउने कार्य गर्नेहरुले गरिरहेका छन् । यसरी कामदार पठाउँदा कारोबारकर्ताले प्रतिव्यक्ति लाखौँ रकम अशुली गरेपनि त्यसको एक रुपयाँ राजश्व पनि सरकारले पाउँदैन । त्यसो त यस्तो धन्दावालहरुलाई  कुनै धरौटी समेत तिर्नु पर्दैन । यसरी काम गर्नेहरुले व्यवसायिक रुपमै खुलेयाम स्वतन्त्र रुपमा काम गरिरहेका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा विदेश कामदार पठाउदा संस्थागत रुपमा कामदार पठाउनु भन्दा ढुक्कको अवस्था रहेको व्यवसायीकै भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य