२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए जापानको विवाद समाधान गर्न हिराचन र भट्टलाई जिम्मेवारी

१ फाल्गुन २०७८, आईतवार ०५:३१

फागुन १, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले एनआरएनए जापानको विवाद समाधान गर्न सङ्घका संरक्षक तथा पूर्वअध्यक्ष देवमान हिराचन र भवन भट्टलाई जिम्मेवारी दिएको छ । 

उच्चस्तरीय समितिले हिराचन र भट्टलाईलाई एनसिसी जापानको विवाद समाधानको जिम्मा दिएको र सहमतिमा विवाद समाधान नभए निर्वाचन गर्ने पूर्ण अधिकारसमेत दिइएको सङ्घको सचिवालयका कार्यकारी निर्देशक राजेश राणाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

गत जुलाई ३० मा गरिएको एनसिसी जापानको चुनावी अनियमितताबाट उत्पन्न विवाद समाधान गर्न दुवै पक्षसँग वार्ता प्रक्रिया अघि बढाउन र कुनै सहमति नभएमा यथाशक्य चाँडो निर्वाचन गराउन पनि हिराचन र भट्टलाई संयुक्त रूपमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । एनआरएनए जापानको निर्वाचनमा विधानविपरीत दुई हजार २५० विद्यार्थी सदस्य बनाइ एक हजार ७०० भन्दा बढी विद्यार्थीले मतदान गर्नाका साथै प्रविधिको चरम दूरुपयोग गरिएको भन्दै उजुरी परेको थियो ।  

गत अक्टोबरमा नै हुनुपर्ने एनआरएनएको दशौं महाधिवेशन तथा निर्वाचन विभिन्न देशमा प्रतिनिधि विवादका कारण अहिलेसम्म हुन सकेको छैन । सङ्घको विवाद समाधान गरी महाधिवेशन तथा निर्वाचन गराउन सङ्घका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको छ । खासगरी बेलायत, अमेरिका, अस्ट्रेलिया, जर्मनी, अस्ट्रिया, डेनमार्क, फ्रान्स, जापान लगायतका एनसिसीमा रहेको विवादका कारण महाधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य