२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा श्रमिक अभावपछी नेपालीको लागि खुल्ला गर्यो यस्ता भिसा..

२०७८, ३ फाल्गुन मंगलवार ०७:३७

फागुन ३, काठमाडौँ । यूएईले नेपालसहित सबै देशबाट वैदेशिक रोजगारी, भ्रमण तथा पारिवारिक भिसा खुला गरेको छ । साथै भिसाको अवधी बढाएर ५ बर्ष समेत बनाएको छ ।

दुबई एक्स्पो २०२० संगै ठुला मेघा प्रोजेक्ट संचालनमा आएको दुबईमा कोरोनाको कारण कामदार अभाव भएको थियो । मेघा प्रोजेक्ट संचालित रहेको र एक्स्पोको कारण लगानी र नयाँ आयोजना थपिने भए पछि कामदार अभाव भएको हो ।

उता कामदार अभाव संगै युएईले सबै किसिमका भिसाहरु खुल्ला गरेको छ । त्यसमा नेपालीहरुको लागि खुसीको कुरा के छ भने युएईमा नेपाली कामदार रोजाइमा पर्दै गएका छन् । उसोत.यूएईले विश्वका सबै मुलुकका नागरिकहरुका लागि इम्प्लाईमेन्ट, टुरिष्ट र पारिवारिक भिसा खुला गरेको खालिज टाइम्सले जनाएको छ ।

कोरोनाको खोप लगाउनेको संख्या बढेको र दर कम भएपछि यूएईले रात्रीकालीन ग’तिवि’धिहरुलाई पनि खुकुलो बनाएको छ ।

यूएईले नेपालसहित बंगलादेश कंगो भारत, लाईबेरिया, नामिविया, नाइजेरिया पाकिस्तान, सियरा लियोन, श्रीलंका, दक्षिण अफ्रिका, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्रवेशमा लामो समयदेखि रोक लगाएको थियो ।

कस्ता डकुमेन्ट आवश्यक

यूएई यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्यरुपमा विमानस्थलमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ, क्युआर कोड सहितको रिपोर्ट र यूएईले प्रयोग गरिरहेको ‘अल होस्न’ एप्लिकेसनको आइसीए डाउनलोड गरी रजिष्टर्ड गरेको हुनुपर्ने शर्त तोकेको छ ।

नेपालमा भने यूएईको भिजिट भिसा खुला नहुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा जानेहरुको भीड बढेको बताइएको छ ।विगतमा जस्तै नेपाली कामदारहरु भिजिट भिसामा पठाएर कमाउन पल्केका नेपालका केही एयरलाइन्स तथा ट्राभल एजेन्सी र केही म्यानपावर कम्पनीहरु हाल पनि सक्रिय रहेको श्रोतले बतायो ।

दुबईले कुन कुन खोपलाई मान्यता दिएको छ ।

–मोडर्ना –फाँइजर बाँयोटेक –जोनसन् एन्ड जोन्सन् –अक्सफोर्ड एस्ट्राजेनेका –कोभिसिल्ड –सिनोफार्म –सिनोभ्याक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता