२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको ठगी, पहिलेभन्दा झन् ठगि बढ्दै

९ फाल्गुन २०७८, सोमबार ०२:४७

फागुन ९, काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ।

वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी संख्या भने १ सय १४ वटा बढी रहेको विभागले जनाएको छ। गत वर्ष ठगिएको जनाउँदै २ सय २४ वटा उजुरी परेकोमा चालू आवमा सो बढेर ३ सय ३८ पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए।

माघसम्म २० करोड रुपैयाँको दाबी गर्दै उजुरी परेका ३८ वटा मुद्दा अदालतमा दायर भएकोमा अदालतले पाँच करोड ८० लाख १३ हजार १ सय ८७ रुपैयाँ बराबर बिगो दाबी कायम गरेको छ । यो अवधिमा ६३ उजुरीमा मिलापत्र हुँदा चार करोड ९२ लाख ८३ हजार ६ सय ८५ युवाले पैसा फिर्ता पाएका छन् । विभागले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढेको जनाएको छ।

सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । 

- आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य