२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले हटायो क्वरेण्टीन र पीसीआर परीक्षणको नियम, यस्तो छ नयाँ मापदण्ड

२०७८, १३ फाल्गुन शुक्रबार ०८:३१

फागुन १३, काठमाडौँ । कतारको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका मापदण्डबारे केहि परिमार्जन गरेको छ । परिमार्जित मापदण्डमा क्वरेण्टीन र पीसीआर परीक्षणको अनिवार्य नियम हट्ने भएको छ तर त्यसको लागि मापदण्ड भने तोकिएको छ । 

कतारले आगामी फेब्रुअरी २८ देखि लागू हुने गरी कतार यात्रा गर्ने यात्रुहरूका लागि स्वास्थ्यका मापदण्डमा परिमार्जन गरेको छ । कतारले परिमार्जन गरेको नयाँ मापदण्ड अनुसार खोपको मात्रा पुरा लगाएका कतारका नागरिक र कतारमा बसोबास गर्नेहरूले यात्रा गर्नुअघि पीसीआर परीक्षण गर्नु पर्ने र त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्नु पर्ने नियम हटेको छ । कतार सरकारको नयाँ नियम रातो र हरियो सूचीमा भएका दुवै देशबाट यात्रा गर्नेहरूका लागि लागू हुने छ । नेपालसहित बङ्गलादेश, भारत, इजिप्ट, जर्जिया, जोर्डन, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई कतारले अहिले रातो सूचीमा राखेको छ ।

रातो सूचीमा परेका देशबाट यात्रा गर्ने कतारी र अन्य नागरिकले यदि खोपको मात्रा पूरा लगाएका छन् वा कोरोना निको भएका छन् भने त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्न पर्ने छैन । तर यदि खोपको मात्र पूरा लगाएको छैन या प्रतिरक्षा प्रणालीको विकास भएको छैन भने पाँच दिन होम आइसोलेसनमा बस्न पर्नेछ । साथै उनीहरूले प्रस्थान पूर्व गर्नु पर्ने पीसीआर परीक्षण अनिवार्य गर्नु पर्नेछ ।

कोरोनाको खोप लगाएकाहरूले पनि कतार पुगेको २४ घण्टाभित्र -यापीड  एन्टिजेन परीक्षण भने गर्नु पर्नेछ । खोप नलगाएकाहरुले भने कतार पुगेको पहिलो दिनमा पीसीआर परीक्षण र ५ औं दिनमा -यापीड  एन्टिजेन परीक्षण गर्न पर्नेछ ।

कतारमा भिजिटरको रूपमा जानेहरूले भने खोपको मात्रा पूरा लगाएको भए पनि एक दिन होटल क्वरेण्टीनमा बस्न पर्ने छ । तर खोप नलगाएका भिजिटरलाई भने कतारले प्रवेश अनुमति दिने छैन । तर खाडी राष्ट्रका नागरिक भने पाँच दिन क्वरेण्टीनमा बस्ने सर्तमा कतार प्रवेशको अनुमति पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै